
लण्डन । नेपाल र बेलायतबीच मैत्री सन्धि एक सय वर्ष पुगेको अवसरमा बेलायतको ब्रिटिश लाइब्रेरीमा विशेष प्रदर्शनी गरिएको छ ।
बेलायतको विदेश मन्त्रालय (फरेन, कमनवेल्थ तथा विकास कार्यालय) र नेपाली दुताबास लण्डनको संयुक्त आयोजनामा मंगलबार सो प्रदर्शनी आयोजना गरिएको थियो । सो प्रदर्शनीमा नेपाल र बेलायत सम्बन्धका बारेमा ऐतिहासिक कागजातहरु, तस्वीरहरु, पाण्डुलिपीहरु, हुलाक टिकटहरु र अरु ऐतिहासिक सामग्रीहरु राखिएका थिए ।
कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिले नेपाल बेलायतबीचको सम्बन्धको जग बसाएको बताउनुभयो । दुई देशबीचको सम्बन्ध अहिले विकास साझेदारी, व्यापार र लगानी, पर्यटन, डायस्पोरा, ब्रिटिश गोरखा र जनसम्बन्धको विभिन्न तहसम्म फैलिएको पौडेलले धारणा थियो ।
ब्रिटिश लाइब्रेरीले ऐतिहासिक पाण्डुलिपि, तस्वीरहरु संरक्षण, सम्बर्धन र डिजिटलाइज गरेकोमा सचिव पौडेलले धन्यवाद दिनुभयो ।
बेलायतका विदेश राज्यमन्त्री आन म्यारी ट्रेभलियनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताउनुभयो । उनले बेलायतले आउने दिनमा पनि नेपाललाई दीगो आर्थिक विकास र अल्पविकसित मुलुकबाट बाहिर निस्कनमा अझै सहयोग जारी राख्ने वचन दिनुभयो ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले र ब्रिटिश लाइब्रेरीका संकलन प्रमुख जेर्जेस माज्दाले पनि नेपाल बेलायत सम्बन्ध र ब्रिटिश लाइब्रेरी र नेपाली प्रतिष्ठानबीचको सम्बन्ध विस्तारका बारेमा बोल्नुभएको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण