
काठमाडौं । स्वर्गीय डा. चन्द्रकुमार लक्सम्बाको बहुआयामिक जीवनी र उनका प्राज्ञिक आलेखहरू समेटिएको पुस्तक ‘डा चन्द्र लक्सम्बा ताप्लेजुङदेखि अक्सफोर्डसम्म’ लोकार्पण गरिएको छ ।
शनिबार ललितपुरको होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुस्तक विमोचन गरेका हुन् ।
डा लक्सम्बाकी धर्मपत्नी कल्पना लक्सम्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा डा लक्सम्बाको व्यक्तित्व तथा पुस्तकका बारेमा साहित्यकार वैरागी काइँला, प्राध्यापक अभि सुवेदी, साँसदद्वय योगेश भट्टराई र सुशीला श्रेष्ठ, गण्डकी विश्वविद्यालयका कुलपति प्रा. गणेशमान गुरुङ, नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा. शिलु मानन्धर, नीति अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष डा. विष्णुराज उप्रेती, प्रा. रमेश भट्टराई र डा. लेखनाथ शर्मा पाठकले चर्चा गरेका थिए ।
डा लक्सम्बा परिवार र नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा सिएनएस युकेका पूर्व कार्यकारी निर्देशक डा कृष्ण अधिकारी पुस्तकको सम्पादकीय मन्तव्य र खाका प्रस्तुत गर्दै डा. चन्द्रकुमार लक्सम्बाको बहुआयामिक व्यक्तित्व र आलेखहरूबारे प्रस्तुति दिएका थिए ।
सिएनएस युकेका नरेश खपाङ्गी मगरले पुस्तकमा रहेको श्रीमती कल्पना लक्सम्बाको लेख वाचन गरेका थिए ।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ब्लगर लेक्स लिम्बुले स्वागत गरेका थिए भने लक्सम्बाका कान्छा छोरा बहार लक्सम्बाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा सांसदहरु उर्मिला थेबे, लीला बोखिम, पूर्व मन्त्री पम्फा भुसाल, संविधान सभाका सदस्यहरू डम्बरध्वज तुम्बाहाम्फे, भूपेन्द्र थेबे, पासाङ शेर्पा, पूर्व राजदुतहरु टंक कार्की र डा. विजयकान्त कर्ण लगायत लक्सम्बाका पूर्व सहपाठीहरु, समकक्षीहरु, नातागोताका साथै सिएनएस युकेका पूर्व कार्यकारी निर्देशकहरु गोविन्द दाहाल र डा. कृष्ण अधिकारी, सल्लाहकार डा. विष्णुराज उप्रेती, डा.अच्युत गौतम, श्री बराल, नरेश खपाङ्गी मगर लगायतको उपस्थिति रहेको थियो ।
अस्कल क्याम्पसका संस्थापक स्ववियू सभापति रहेका लक्सम्बा बेलायती सेनाबाट अवकास लिएपछि सरे विश्वविद्यालयबाट पीएचडी अध्ययन पूरा गरी प्राज्ञिक कार्यमा सक्रिय थिए । नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत रहेकै बखतमा २०७७ माघ १३ गते उनको बेलायतमा निधन भएको थियो ।

भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम