
लण्डन । बेलायतका राजा चार्ल्स तृतीयको शुभराज्याभिषेकमा सहभागी हुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायत आउनुहुने भएको छ ।
मेको ६ तारिखमा लण्डनको वेष्टमिनिष्टर आबेमा हुने सो राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति पौडेल बेलायत आउन लाग्नुभएको हो । पौडेलको बेलायत भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक घोषणा गरिसकेको छैन । तथापि लण्डनस्थित नेपाली राजदुताबास स्रोतले राष्ट्रपतिको प्रस्तावित बेलायतको भ्रमणका बारेमा जानकार रहेको बताएको छ ।
करिब एक महिनाअघि मात्र राष्ट्रपति पदमा बहाली हुनुभएका पौडेलको यो पहिलो विदेश भ्रमण हुने छ भने नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि बेलायतको भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार यसअघि सन् २००३ मा तत्कालिन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायतको भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा बेलायतको भ्रमण गरेका थिए भने स्वर्गीय राजा महेन्द्रले सन् १९६० मा । गणतन्त्र आएपछि भने राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी दुवैको कार्यकालमा बेलायतको भ्रमण हुन सकेन ।
यसअघि बेलायती बडामहारानी एलिजावेथ द्वितियाको अन्त्येष्ठीमा पनि नेपालबाट राष्ट्रप्रमुखको सहभागिता भएको थिएन । तत्कालिन परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको प्रतिनिधित्व गरेका थिए ।
करिब दुई हजार अतिथि बोलाइएको राजा चार्ल्सको शुभराज्याभिषेक बेलायतमा धुमधामका साथ मनाउने तयारी गरिएको छ । सो कार्यका लागि करिब १०० मिलियन पाउण्ड खर्च गरिने आँकलन गरिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार