लण्डन । बेलायतको अर्थतन्त्र अन्ततः कोभिड पूर्वको अवस्थामा फर्केको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस)ले विहीबार प्रकाशित गरेको आँकडा अनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले सो देखाएको हो ।
तथ्यांकअनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले बेलायतको अर्थतन्त्र कोभिड पूर्वको अर्थतन्त्रभन्दा शून्य दशमलव ३ प्रतिशत ठूलो देखिएको छ । सन् २०२३ को जनवरीमा बेलायतको अर्थतन्त्र कोभिड पूर्वको भन्दा शून्य दशमलव दुई प्रतिशतले सानो थियो ।
इन्भेष्टेककी अर्थशास्त्री इली हेन्डरसन बेलायतको अर्थतन्त्र कोभिड पहिलेको अवस्थामा आउनु महत्वपूर्ण उपलब्धि भएको बताउनुहुन्छ । तर अरु देशको अर्थतन्त्रभन्दा बेलायतको अर्थतन्त्र कमजोर नै रहेको उहाँको भनाइ छ ।
बेलायतका अर्थमन्त्री जेरेमी हन्टले बेलायतको अर्थतन्त्र आशा गरिएको भन्दा चम्किलो देखिएको प्रतिक्रिया दिनु भएको छ । सरकारले लिएको उपर्युक्त कदमका कारण बेलायत आर्थिक मन्दीबाट बचेको उहाँको जिकिर छ ।
केपीएमजीका प्रमुख अर्थशास्त्री यल सेल्फिन बेलायतको अर्थतन्त्र यस वर्षको पहिलो तीन महिनामा आर्थिक मन्दीबाट जोगिए पनि ऐतिहासिक मापदण्डका आधारमा हेर्ने हो कमजोर नै रहेको बताउनुहुन्छ ।
इवाई आइटम क्लवका प्रमुख आर्थिक सल्लाहकार मार्टिन बेक बेलायतको अर्थतन्त्र दोस्रो त्रैमासिकमा अझ बढ्ने बताउनुहुन्छ । उर्जाको मूल्यमा कटौती र सरकारले दिएको सहुलियतका कारण यस्तो हुने उहाँको धारणा छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती