लण्डन । बेलायतको अर्थतन्त्र अन्ततः कोभिड पूर्वको अवस्थामा फर्केको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस)ले विहीबार प्रकाशित गरेको आँकडा अनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले सो देखाएको हो ।
तथ्यांकअनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले बेलायतको अर्थतन्त्र कोभिड पूर्वको अर्थतन्त्रभन्दा शून्य दशमलव ३ प्रतिशत ठूलो देखिएको छ । सन् २०२३ को जनवरीमा बेलायतको अर्थतन्त्र कोभिड पूर्वको भन्दा शून्य दशमलव दुई प्रतिशतले सानो थियो ।
इन्भेष्टेककी अर्थशास्त्री इली हेन्डरसन बेलायतको अर्थतन्त्र कोभिड पहिलेको अवस्थामा आउनु महत्वपूर्ण उपलब्धि भएको बताउनुहुन्छ । तर अरु देशको अर्थतन्त्रभन्दा बेलायतको अर्थतन्त्र कमजोर नै रहेको उहाँको भनाइ छ ।
बेलायतका अर्थमन्त्री जेरेमी हन्टले बेलायतको अर्थतन्त्र आशा गरिएको भन्दा चम्किलो देखिएको प्रतिक्रिया दिनु भएको छ । सरकारले लिएको उपर्युक्त कदमका कारण बेलायत आर्थिक मन्दीबाट बचेको उहाँको जिकिर छ ।
केपीएमजीका प्रमुख अर्थशास्त्री यल सेल्फिन बेलायतको अर्थतन्त्र यस वर्षको पहिलो तीन महिनामा आर्थिक मन्दीबाट जोगिए पनि ऐतिहासिक मापदण्डका आधारमा हेर्ने हो कमजोर नै रहेको बताउनुहुन्छ ।
इवाई आइटम क्लवका प्रमुख आर्थिक सल्लाहकार मार्टिन बेक बेलायतको अर्थतन्त्र दोस्रो त्रैमासिकमा अझ बढ्ने बताउनुहुन्छ । उर्जाको मूल्यमा कटौती र सरकारले दिएको सहुलियतका कारण यस्तो हुने उहाँको धारणा छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण