
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले खेन्पो गुरुहरुको स्वागत तथा बिदाई गरेको छ । गत आइतबार ९ अप्रिलका दिन खेन्पो फूर्बा तेन्बाको स्वागत तथा खेन्पो टासी छिरिङ्गको बिदाई गरिएकोे हो ।
बीसीसी युकेको निमन्त्रणामा गत अक्टोबर महिनामा बेलायत आएका सेचेन गुम्बाका खेन्पो टासीलाई गत २ अप्रिलका दिन बीसीसी युकेले औपचारिक रुपमा बिदाई गरिएको भएता पनि नेपाल फर्कने क्रममा आइतबार दिउँसो पनि बिदाई गरियो । सो पश्चात सोही दिन बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका सेचेन गुम्बाका खेन्पो पूmर्बा तेन्बालाई बीसीसी युके गुम्बामा स्वागत गरिएको थियो ।
उनीहरुको स्वागत तथा बिदाईमा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङ, धर्म गुरु टुल्कु जिग्मे सामतेन, संस्थापक अध्यक्ष लेप्टेन काजी शेर्पा, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, पूर्व अध्यक्ष लेप्टेन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देव घले, महासचिव मेजर हितमान गुरुङ, कोषाध्यक्ष मेजर शंकर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा सचिव एवं प्रवन्धक शारदा गुरुङ, प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङलगायतको विशेष उपस्थितिमा बिदाई गरिएको हो । त्यस्तै, खैबा तीर्थ गुरुङ, लामा सानो लामा, आमाहरु, सल्लाहकारलगायत भक्तजनहरुको उपस्थिति रहेको थियो ।
खेन्पो टासीले बीसीसी गुम्बामा रहेर बौद्ध दर्शन, पूजा विधिलगायतको विषयमा अध्यापन गराएका थिए । त्यस्तै, उनले बौद्ध ग्रन्थहरुको अनुवाद गर्ने, पूजापाठहरु गर्ने, कर्मकाण्डहरु गर्ने, हेरकोरलगायत भक्तजनहरुसँग साक्षात्कार गरेका थिए । साथै, केही महिनाका लागि बेलायत आएका खेन्पो फूर्बा तेन्बाले समेत बौद्ध धर्म ग्रन्थहरुको अनुवाद गर्ने, बौद्ध धर्मसँग सम्बन्धित पुस्तकहरु अध्यापन गर्ने, पूजापाठ तथा कर्मकाण्ड गर्ने बीसीसी युकेले जानकारी गराए ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम