
लण्डन । हाङपाङ समाज युकेको अध्यक्षमा टेक खपाङगीमगर निर्वाचित हुनुभएको छ ।
समाजको शनिबार सम्पन्न तेस्रो अधिवेसनले खपाङ्गीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मेदिनी फोम्बो, उपाध्यक्षत्रयमा सरला सुब्बा, दीपेन्द्र याक्सो र क्याप्टेन रिटायर्ड जोगेन्द्रसिंह लिम्बु, महासचिवमा दीपेन्द्र फेयङ, सचिवमा याक्थुङहाङ आङबुहाङ, कोषाध्यक्षमा लक्ष्मीराज थापामगर र सहकोषाध्यक्षमा विश्वराज याक्सो रहेका छन् ।
कार्यसमितिको सदस्यहरू पछि मनोनित गरिने बताइएको छ ।
निवर्तमान अध्यक्ष यमबहादुर आङबुहाङको अध्यक्षता तथा महासचिव सरला सुब्बाको संचालनमा भएको अधिवेसनको उद्घाटन सत्रको उद्घाटन ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल र अध्यक्ष आङबुहाङले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष टेक खपाङ्गीमगरले उपस्थित सबैलाई स्वागत गरेका थिए भने जोगेन्द्र लिम्बूले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिएका थिए । कैलाश आङबुहाङ लगायतको टोलीले च्याब्रुङ नृत्य प्रस्तुत गरेको थियो भने समाजको स्थापनाको दशौँ स्थापनाका अवसरमा केक काटिएको थियो ।
अधिवेसनमा समाजका सदस्यहरुका उच्चशिक्षा हासिल गर्ने छोराछोरीहरू, नवविवाहितहरू, भर्खरै सन्तान लाभ गरेकाहरू, पेशामा प्रोमोसन पाएकाहरू, नयाँ सदस्यहरू र ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
अधिवेसनको बन्द सत्रमा महासचिव सरला सुब्बाले साँगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र याक्सोले आर्थिक प्रस्तुत गर्नुका साथै विधान संशोधनको छलफललाई सन्चालन गर्नुभएको थियो । अध्यक्ष आङबुहाङले सो अवसरमा संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिनुहुँदै समाजको संरक्षकहरू चयनका लागि हलमा प्रस्तुत गर्नुभएको थियो । जसअनुसार पूर्व अध्यक्ष विश्वराज फेयङ साँवा, यमबहादुर आङबुहाङ, मेजर रिटायर्ड पदमबहादुर आङबुहाङ, डम्बरबहादुर याक्सो, मीना आङबुहाङ, जयन्द्र आङबुहाङ र काजीमान याक्सोलाई संरक्षक चयन गरिएको छ ।
नवनिर्वाचित संरक्षक तथा निवर्तमान समितिका पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष आङबुहाङले खादा लगाई स्वागत तथा विदाई गरेका थिए । निवर्तमान अध्यक्ष आङबुहाङलाई ज्येष्ठ सदस्य दिलबहादुर रानाले खादा लगाएका थिए ।
त्यसपछि नयाँ कार्यसमिति चयनका लागि मेजर रिटायर्ड पदमबहादुर आङबुहाङ संयोजक, डम्बर याक्सो सचिव र मीन याक्सो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजकले सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्षले प्रतिवद्धता मन्तब्य व्यक्त गरेका थिए ।

भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम