
काठमाडौँ । वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । प्रतिष्ठानले उहाँका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको छ ।
गुरुङले राष्ट्रका लागि पुर्याउनुभएको योगदानलाई इतिहासमा लिपिबद्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको सरदार गुरुङका छैटौँ पुस्ताका लेख गुरुङले जानकारी दिनुभयो । “वंशु गुरुङका नाममा स्थापित प्रतिष्ठानलाई राज्यले बजेटको व्यवस्था गर्नुपर्नेमा जानकारी गरायौँ”, उहाँले भन्नुभयो, “हाम्रा मागमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”
शुक्लागण्डकीको तनहुँमा जन्मनुभएका गुरुङलाई प्रख्यात सिकारीका रूपमा लिइने गरिएको छ । उहाँले विसं १८२४ मा सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजलाई परास्त गर्नुभएको र युद्धमा कहिले पनि नहारेको गुरुङले जानकारी दिनुभयो ।
सांसद भण्डारीले गुरुङलाई अहिलेसम्म राज्यका तर्फबाट कुनै पनि सम्मान नगरिएकाले अब यस विषयमा ध्यान दिन आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम