काठमाडौँ । गैर अावासीय नेपाली संघ (एनअारएनए) ले भुकम्प पीडितहरुलाई एक हजार घर बनाइदिने भएको छ ।
संघले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष शेष घलेले भुकम्प प्रभावित आठ जिल्लामा एनअारएनएले एक हजार वटा घर बनाइदिन लागेको बताए ।
ती घरहरु भूकम्प प्रतिरोधी एवं पर्यावरणमैत्री हुने बताइएको छ । अध्यक्ष घलेका अनुसार ती घरको लागत ३५ करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
”पहिलो चरणको आपतकालिन राहत वितरणका क्रममा हामीले स्थानीयवासीसँग अन्तरक्रिया गर्यौं । उहाँहरुको मुख्य चिन्ता र चासो बस्ने घर नभएको भन्ने नै थियो । बर्षात सुरु हुनै लागेको अबस्थामा भूकम्प प्रभावित गाउँमा बासको अभावमा झन् ठूलो समस्या देखिने ठानेर हामीले दोस्रो चरणको राहतस्वरुप पीडित परिवारलाई घर निर्माण गरिदिने तयारी गरिरहेका छौं” घलेले पत्रकार सम्मेलनमा भने ।
कुन-कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने बिषयमा अध्ययन गर्न एनअारएनएले एक समिति बनाएको छ । सो समितिले इन्जिनियर, बिज्ञ तथा नेपाल सरकारका प्रतिनिधिहरुसँग छलफल गरी प्रतिबेदन पेश गरेपछि सोही आधारमा भूकम्प प्रभावित बिपन्न तथा आय आर्जनको ब्यबस्था नभएका परिवारको छनौट गरी घर निर्माण प्रकृया थालनी गर्ने बताइएको छ ।
भूकम्पले स्थानीयबासीहरुको आत्मबिश्वास गुमेको र अवसरको खोजीमा बसाइ सराई गर्ने र त्यसबाट दीर्घकालिन समस्या उत्पन्न हुने खतरा एनअारएनएले अौँल्याएको छ । एनअारएनएले बनाइदिने घरहरुले पीडितहरुलाई गाउँमै बस्न र केही गर्न सकिन्छ भन्ने आत्मबिश्वास दिलाउन मद्दत गर्ने दाबी पनि गरिएको छ ।
घर निर्माण गर्दा स्थानीयबासीको चाहना, स्थानीय संस्कृति र सम्पदाको गौरवलाई समेत सम्मान गरिने र घर तथा समुदायको दिगोपनमा जोड दिइने बताइएको छ । स्थानीय संस्कृतिको प्रबर्द्धन हुनेगरी नमुना घरहरु बनाउन कोसिस गरिने एनअारएनएले जनाएको छ ।
”मुलुकभर भूकम्पका कारण लाखौं घर नष्ट भएको अवस्थामा गैर आवासीय नेपाली संघले एक हजार घर बनाउनु ठूलो कुरा नभएपनि यो सुरुवातले बिस्थापित गाउँलेहरुलाई आफ्नै ठाउँमा पुर्नस्थापित हुन ठूलो सहयोग पुग्ने छ भन्ने हाम्रो बिश्वास छ” घलेले भने ।
एनअारएनले भूकम्प प्रभावित ८ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत वितरण गर्ने घोषणा अनुसार अहिले सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत वितरण गरिसकेको छ भने साथै भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य शिविर पनि संचालन भइरहेको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान