
काठमाडौँ । प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौँमा विशेष कृति–विमर्श कार्यक्रम आयोजना गरियो ।
प्रसिद्ध साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्वपूर्ण ग्रन्थका रूपमा आएको बताए । उनले लेखक राईले युद्धलाई सकारात्मक दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै नेपाली सेनाका सबै कार्यालयका पुस्तकालयमा ‘युद्ध सौन्दर्य चिन्तन’ राखिनुपर्ने विचार व्यक्त गरे ।
यसैगरी प्रा.डा. विष्ण एस राईले अहिलेसम्म नेपाली वाङ्मयमा यसप्रकारको कृति नआएको उल्लेख गर्दैै कृतिकार राईले नयाँ र महत्वपूर्ण काम गरेको बताए । उनले भने– “अनुसन्धानमूलक यो कृति पिएचडीका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । यसमा पिएचडी गरिनुपर्छ । पिएचडी गर्नका लागि चाहिने सबै कुराहरू यस कृतिभित्र छन् । विषय नयाँ र महत्वपूर्ण छ ।”
चर्चित दर्शनाशास्त्री तथा संस्कृतिविद् डा. भक्त राईले चिन्तक रक्ष राईको यस ग्रन्थमा दर्शन पाइने बताए । उनले युद्ध विध्वंश मात्रै नभएर सृजना पनि भएको विचार व्यक्त गरे । उनले नेपाली वाङ्मयका क्षेत्रमा राईको ग्रन्थ ठुलो उपलब्धि भएको बताए ।
नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी सुरक्षाविद् सुरेश शर्माले युद्ध कुरुप मात्रै नभएर सुन्दर पनि हुन्छ भन्ने कुरा ग्रन्थले बोलेको बताए । उनले नेपाली वाङ्मय यसप्रकारको पुस्तक अहिलेसम्म आफूले नपढेको भन्दै पुस्तक अत्यन्तै महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।
समालोचक अनिता पन्थीले रक्ष राईको यस ग्रन्थ नयाँ खोज, नयाँ सोच, विचार, चिन्तन र दर्शनले युक्त भएको बताइन् ।
कृतिकार राईले वाङ्मयका क्षेत्रमा नयाँ नयाँ खोज तथा अनुसन्धान गर्दै जाँदा ‘युद्ध सौन्दर्य चिन्तन’ नामक ग्रन्थ तयार भएको बताए । उनले करिब एक दशकको खोज, अध्धयन तथा अनुसन्धान र लेखनबाट ग्रन्थ तयार भएको बताए ।
राईको उक्त ग्रन्थ गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको उक्त ग्रन्थ महत्वपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस बागबजारमा पाइन्छ ।
ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुःखेको छ, सालिक उभिएर गोर्खाली, पोयट इन किलिङ जोन (अंग्रेजी) कवितासंग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र पल्टनेको फोटो कथासंग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँगको सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । हाल बेलायतको वेल्समा बस्दै आएका राईको जन्म खोटाङको बुइँपामा भएको हो ।
‘मानव सभ्यताको दर्पण’का रूपमा प्रस्तुत गरिएको ग्रन्थमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् । ६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । कवि तथा प्राज्ञ शशी लुमुम्बूले सहजीकरण गरेको कार्यक्रम नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको थियो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम