
लण्डन । पेन्सन सुधारको विषयलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ ।
शाही अधिकारीहरूले चार्ल्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’बताएका छन् ।
बेलायतका राजा चार्ल्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो । त्यस्तै, फ्रान्सका कुटनीतिक अधिकारीहरूले म्याक्रोँ विरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने बताएका थिए ।
महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि राजा चार्ल्स र उहाँकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम तय भएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन