लन्डन । भारतको एउटा अदालतले १३ वर्षअघि एक घरवारविहीन मानिसलाई गाडीले ठक्कर दिइ मारेको अभियोगमा दोषी ठहर गर्दै बलिउड नायक सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ ।
अभिनेता खानले आफूले नभइ गाडी चालकले चलाएको बताउंदै आएपनि न्यायधिश डि डब्लु देशपाण्डेले बुधवार मादक पदार्थ सेवन गरि सलमानले नै गाडी चलाएको फैसला सुनाएका हुन् । फैसला सुने लगत्तै सलमान विक्षिप्त देखिन्थे, उनका आंखा रसाएका थिए ।
सलमानको टोयोटा ल्याण्ड क्रुजरले २८ सेप्टेम्बर, २००२ का दिन मुम्बइको बान्ड्रास्थित अमेरिकन एक्सप्रेस् बेकरी नजिक सडकमा सुतिरहेका ५ जनालाई ठक्कर दिएको थियो । सो अवसरमा ३८ वर्षीय उल्लाह खानको मृत्यु भएको थियो भने बांकी घाइते भएका थिए ।
दबंग, एक था टाइगर, मैने प्यार किया, हम अप के हे सनम लगायत कयौं सफल फिल्ममा अभिनय गरेका यी बलिउड स्टारलाई फैसलाले फिल्मी करिअरमा ठूलो आघात पुग्ने बीबीसी संवाददाताले जनाएका छन् ।
हालैमात्र उनको बिइङ ह्युमन नामक फाउण्डेशनले ‘नेपालका भूकम्प पीडितलाई सहयोग गर्दैन’ भन्ने आशयको समाचारलाई लिएर नेपालमा व्यापक आलोचना भएको थियो । कतिपयले उनको फिल्म नेपालमा बहिष्कार गर्न समेत माग गरेका थिए । तर, पछि सलमानले फाउण्डेशनको क्षेत्राधिकारबारे प्रष्टिकरण दिंदै पीडितलाई कुनै न कुनै तवरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते