लन्डन । भारतको एउटा अदालतले १३ वर्षअघि एक घरवारविहीन मानिसलाई गाडीले ठक्कर दिइ मारेको अभियोगमा दोषी ठहर गर्दै बलिउड नायक सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ ।
अभिनेता खानले आफूले नभइ गाडी चालकले चलाएको बताउंदै आएपनि न्यायधिश डि डब्लु देशपाण्डेले बुधवार मादक पदार्थ सेवन गरि सलमानले नै गाडी चलाएको फैसला सुनाएका हुन् । फैसला सुने लगत्तै सलमान विक्षिप्त देखिन्थे, उनका आंखा रसाएका थिए ।
सलमानको टोयोटा ल्याण्ड क्रुजरले २८ सेप्टेम्बर, २००२ का दिन मुम्बइको बान्ड्रास्थित अमेरिकन एक्सप्रेस् बेकरी नजिक सडकमा सुतिरहेका ५ जनालाई ठक्कर दिएको थियो । सो अवसरमा ३८ वर्षीय उल्लाह खानको मृत्यु भएको थियो भने बांकी घाइते भएका थिए ।
दबंग, एक था टाइगर, मैने प्यार किया, हम अप के हे सनम लगायत कयौं सफल फिल्ममा अभिनय गरेका यी बलिउड स्टारलाई फैसलाले फिल्मी करिअरमा ठूलो आघात पुग्ने बीबीसी संवाददाताले जनाएका छन् ।
हालैमात्र उनको बिइङ ह्युमन नामक फाउण्डेशनले ‘नेपालका भूकम्प पीडितलाई सहयोग गर्दैन’ भन्ने आशयको समाचारलाई लिएर नेपालमा व्यापक आलोचना भएको थियो । कतिपयले उनको फिल्म नेपालमा बहिष्कार गर्न समेत माग गरेका थिए । तर, पछि सलमानले फाउण्डेशनको क्षेत्राधिकारबारे प्रष्टिकरण दिंदै पीडितलाई कुनै न कुनै तवरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?