काठमाडौं। ‘कति खेर घर पुगौ जस्तो भएको थियो,’ कुवेतबाट मात्रै घर फर्केका नुवाकोट तुप्चेका जीवन बखतीले भने, ‘पाकेको तलब पनि छाडेर हिंडे ।’
शनिबारको महाभूकम्पपछि घर परिवारका मानिसको बारेमा तीन दिनपछि मात्रै खबर पाए । त्यसपछि उनको मनमा हुटहुटी नै चल्यो कतिखेर घर पुगौ भन्ने । ‘भत्केको घरमा जेठो छोरा पनि परेछ । श्रीमति र भतिज मिलेर निकाले छन्,’ बखातीले भने, ‘त्यसपछि त झनै बस्नै मन लागेन ।’
अघिल्लो महिनासम्मको तलब घर पठाइसकेका बखतीले साथीहरुसँग १०–१० कुवेती दिनार उठाएर घर फर्केका हुन्।
‘धादिङ जिल्लाको मात्रै हामी २० जना जति छौ सबैसँग उठाएर फर्केको हुँ,’ उनले भने, ‘अन्य साथीहरुको पनि घर भत्केको छ । उनीहरु फर्किन चाहान्छन तर पाकेको तलब छाडेर आउने अवस्था छैन।’
दूतावासहरुले प्रभावित जिल्लाका फर्किनेहरुलाई तत्काल विदा दिन आग्रह गरेपनि कम्पनीहरुले त्यस्तो गरेका छैनन्।
‘दूतावासले भूकम्प प्रभावित जिल्लाका कामदार घर फर्किन दिन कम्पनीहरुलाई आग्रह गरेपनि बिदा दिन अटेर गर्ने गरेको छ,’ जीवनले भने, ‘पासपोर्ट नदिए दूतावासमा उजुरी गर्छु भने पछि बल्ल पासपोर्ट दियो।’
उनको कम्पनीमा सात सयभन्दा बढी नेपाली छन् । ‘नुवाकोट साथीहरुसँग कुरा गर्दा सबैले घर भत्केको बताएका छन्। घर आउन चाहान्छन तर कम्पनीले विदा र तबल दिएको छैन । त्यसैले धेरै आउन पाएका छैनन,’ जीवनले भने।
कल्याणपुर देउडीका भरत आले मगर पनि तलब नलिइ घर फर्केका छन् । घर भत्केको खबरपछि उनी घर फर्किएका छन्।
‘घरभत्किएको तर घरका सबै मानिस सुरक्षित भन्ने सुनेको छु । गाउँमा विजुली भूकम्प गएको दिनदेखि नभएको हुँदा चार्ज सकिएर सबैको फोन अफ छ,’ आले मगरले भने, ‘आफै नगइ घरको अवस्था बारेमा थप जानकारी हुन्न।’
घर बनाउन लिएको ऋण तिर्न उनी डेढ वर्षअघि साउदी अरबको कन्स्ट्रसन कम्पनीका काम गर्न गएका थिए।
‘नयाँ घर बनाएको ऋण तिर्नका लागि काम गर्न गएको हो’ आले मगरले नागरिकसँग भने, ‘साउदीमा मरुभूमीमा बगाएको रगत पसिना सबै भत्कियो । म गएको र घर बनाउन लागेको ऋण बल्लबल्ल तिरिसकेको थिए। नयाँ बनाउन फेरि ऋण लिनु पर्ने अवस्था आयो ।’
उनलाई पनि कम्पनीबाट विदा बल्ल मिलेको थियो । ‘छुट्टी त बल्लबल्ल मिल्यो । एक महिनाको बेतलवी विदा दिएको छ,’ आले मगरले भने, ‘बिदानै दिन ठूलो कुरा जस्तो भयो । के के टिकट दिन्थ्यो ।’
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते