
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
तमू बौद्ध सेवा समिति, काठमाडौंमा शुक्रबार फोनिज संघीय समितिद्वारा आयोजित कार्यक्रममा फोनिज युके पत्रकारिता सम्मान पत्रका तथा पुरस्कार वितरण गरिएको हो ।
संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद तथा प्रमाण पत्रसहित सम्मान र पुरस्कार हस्तान्तरण गरे । सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा सम्पन्न भएको समारोहमा सामान्य प्रशासनमन्त्री मोदी प्रमुख अतिथि, फोनिज युकेका अध्यक्ष गोमा राना विशेष अतिथि थिए । कार्यक्रममा फोनिजका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पूर्वपदाधिकारी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
सम्मानित हुने रामेछाप दोरम्बामा जन्मिएकी लामा २०४९ सालदेखि पत्रकारितामा लागेकी हुन् । उनी रेडियो नेपालको समाचार महाशाखामा समाचार वाचक तथा सम्पादक छिन् । समाजसेवा रेडियो कार्यक्रम सञ्चालनबाट पत्रकारिता सुरु गरेकी लामाले तामाङ भाषाको समाचार वाचनका साथै सांसद फोन इन र तामाङ भाषाको कार्यक्रम श्यालगार पनि सञ्चालन गरेकी छन् । उनी नेपाल पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ तथा फोनिजमा आवद्ध हुनुका साथै नेपाल तामाङ महिला घेदुङको अध्यक्ष पनि हुन् ।
खुसिबुँ काठमाडौँमा जन्मेका श्रेष्ठ २०४९ सालदेखि पत्रकारितामा आवद्ध छन् । उनी म्हसिका मासिक, सम्यक साप्ताहिक, नेवा पौ मासिक, लहना साप्ताहिक पत्रिका तथा लहना डटकममा आवद्ध छन् । साथै उनले टेलिभिजनमा पनि नेवा भाषाको कार्यक्रम सञ्चालन गरेका छन् । श्रेष्ठ नेवा राष्ट्रिय पत्रकार दबूको केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् भने विभिन्न भाषिक, साँस्कृतिक र सामाजिक संस्थामा पनि आवद्ध छन् ।
फोनिज युकेले हरेक वर्ष नेपालमा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने गरेको छ । पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिसकिएको छ ।
पुरस्कार छनौट समितिमा संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, सल्लाहकार दुत पुन, फोनिज युकेका पूर्वअध्यक्ष प्रमिला लाबुङ राई, वर्तमान अध्यक्ष गोमा राना र सचिव लीला सेलिङ माबो सदस्य रहेका थिए ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार