
लन्डन । बेलायतको अर्थतन्त्र आर्थिक मन्दीबाट बालबाल जोगिएको छ ।
बेलायतका राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गत वर्षको अन्तिम तीन महिनाको तथ्याङ्कअनुसार बेलायतको बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।
तथ्याङ्कअनुसार कुल गार्हस्थ्य उत्पादन चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ जुन अघिल्लो तीन महिनाको तुलनामा ०.३ प्रतिशतले खुम्चिएको छ । तर बेलायतको केन्द्रीय बैँकले सो अवधिमा बेलायतको आर्थिक वृद्धिदर शुन्य दशमलव १ प्रतिशत रहने पूर्वानुमान गरेकोमा सो लक्ष्य भने पूरा गर्न असमर्थ भएको छ ।
बेलायती अर्थमन्त्री जेरेमी हन्टले बेलायत आर्थिक मन्दीबाट प्राविधिक रुपमा जोगिए पनि अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर निस्किनसकेको र मुद्रास्फीतिको समस्या जटिल नै रहेको बताएका छन् ।
कार्यालयका निर्देशक डारेन मोर्गनले डिसेम्बर महिनामा बेलायतको अर्थतन्त्र खुम्चनुमा विभिन्न कारणहरू रहेको बताएका छन् । जसमा पब्लिक सेक्टरमा हडतालका साथै विश्वकप फुटबलका कारण इङ्लिस प्रिमियर लिग रोकिनु समेत रहेको उनको धारणाा छ ।
सोही अवधिमा अमेरिकाको अर्थतन्त्र ५ प्रतिशतले र युरोपियन युनियनको अर्थमन्त्र भने करिब ३ प्रतिशतले वृद्धि भएको छ । बेलायतको अर्थतन्त्र भने अतिविकसित ७ देशहरूमध्ये नकारात्मक वृद्धिमा जाने र सन २०२६ अघि कोभिड महामारी पूर्वको अवस्थामा नआउने अर्थशास्त्रीहरुको विश्लेषण छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार