
लण्डन । नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले आफ्नो कार्यकालमै गोरखा भूतपूर्व सैनिकहरुको समस्या टुङ्ग्याउने चाहना रहेको बताएकी छिन् ।
आज गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को प्रतिनिधिमण्डलसित आफ्नै निवासमा भएका भेटमा उनले सो विचार व्यक्त गरेकी हुन् ।
सो अवसरमा पौड्याले भूपू सैनिकहरुको सवाल भनेको कुनै एक जाति र वर्गको मात्र समस्या नभई सिंगो राष्ट्रको समस्या भएको बताइन् । आफू नेपाल सरकारको जिम्मेवार र विभागीय मन्त्री समेत भएको हुनाले अहिले नेपाल र बेलायत सरकारको प्रतिनिधि तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सफल र पीडितहरुलाई न्याय दिलाउन आफ्नो ज्ञान र विवेकले भ्याएसम्म कुनै कसर नराख्ने प्रतिवद्धता पनि पौड्यालले जाहेर गरिन् ।
गेसो सभापति कृष्ण कुमार राईको नेतृत्वमा भूपू सैनिकहरुको एक प्रतिनीधि मण्डलले पौड्याललाई सम्पूर्ण भूपू सैनिकहरुको तर्पmबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।
बेलायती सरकारले गोरखा सैनिकहरुमाथि सदियौंदेखि गर्दै आएको विभेदलाई अन्त्य गर्न नेपाल र बेलायत सरकार तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सार्थक बनाउन पहल गरिदिन पनि गेसोले माग गरेको थियो । नेपाल सरकारको विभागिय मन्त्री पनि हुनुभएकोले वार्ताको प्रतिफल गोरखाहरु र नेपालको पक्षमा पार्न शीघ्र र सक्रिय पहल गरि दिन पनि परराष्ट्र मन्त्रीलाई गेसोले ध्यानाकर्षण गरायो ।
राष्ट्रिय योजना आयोग, राष्ट्रिय सभाको सांसद समेत रहिसकेकी पौड्याल पूर्व गोरखा सैनिकको बुहारी पनि हुन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ