
लण्डन । बेलायतस्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन गर्न गठित निर्वाचन समितिलाई विस्तार गरिएको छ ।
निर्वाचन समितिको शुक्रबार बैठकले समितिलाई विस्तार गरी छ सदस्सीय बनाइएको छ ।
समितिमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, कोडेक युकेका पुर्व अध्यक्ष शंकर दाहाल र समाजसेवी मीन बानियाँलाई थप गरिएको छ । यसअघि पूर्व अध्यक्ष उमेशराज मोक्तान संयोजक, आर के त्रिपाठी सदस्यसचिव र राजेन्द्र पुडासैनी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र पारदर्शी बनाउन निर्वाचन पर्यवेक्षण समिति पनि विस्तार गरिएको छ । पर्यवेक्षण समितिमा डा राघवप्रसाद धिताल, चित्रबहादुर गुरुङ, सुमन खरेल, सुरेशजंग साह, युवराज गुरुङ, विनोद मोक्तान, मोहन गुरुङ, शिवजी श्रेष्ठ, कृष्ण तिवारी, रामशरण सिम्खडा, शेर सुनार, महेश दाहाल, विजय थापा र मदन थापा रहेका छन् ।
६० वर्ष लामो इतिहास बोकेको यतिको फेब्रुअरी ५ मा हुने २९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ । नयाँ कार्यसमितिका लागि हुने चुनावमा मतदान गर्न र उम्मेदवार बन्न समयमै सदस्यता फारम भर्न निर्वाचन समितिले आह्वान गरेको ।
पश्चिम लन्डनको साउथ ह्यारोमा गोल्डेन सिप रेस्टुरेन्ट सम्पन्न हुने अधिवेसनमा सहभागी हुन निर्वाचन समितिले बेलायतस्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई अपिल गरेको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम