
गण्डकी । तमुधीं युकेले सहारा क्लबलाई रु ५५ हजार नगद सहयोग गरेको छ ।
सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आज आयोजित कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष विनु राना मगरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।
उक्त सहयोगसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकको खाजा तथा खानालाई रु २० हजार हस्तान्तरण गर्नुभयो । विस २०६३ मा पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाइसकेको छ । अहिले एकेडेमीमा १५ बालक अध्ययनरत छन् । कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिनुभयो । तमुधीं युकेका संस्थापक सदस्य तथा सहारा युकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताउनुभयो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ