
लण्डन । बेलायतका राजा चाल्र्स तृतीयले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुलाई पदवी दिएका छन् जसमा बेलायतका अग्रज नेपाली महन्त श्रेष्ठ पनि परेका छन् ।
श्रेष्ठलाई अर्डर अफ ब्रिटिश इम्पायर (ओबिई) को सम्मान दिइएको छ । उनलाई समाजसेवा तथा नेपाली समुदाय र लण्डन बरो अफ इलिङमा पुर्याएको योगदानका लागि सो पदवी दिइएको बताइएको छ ।
सो पदवी घोषणापश्चात प्रतिक्रिया दिँदै श्रेष्ठले बेलायती राजाबाट सो पदवी पाउनेमा आफ्नो पनि नाम पनि समावेश भएको पाउँदा खुशी लागेको बताए । बेलायत र नेपालमा रहेका नेपालीहरु तथा आफू बसोबासरत इलिङ काउन्सिलको सहयोगका लागि पहिलेदेखि लागि परिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने उनले प्रतिवद्धता व्यक्त गरे ।
आफू समाजसेवामा निस्वार्थ रुपले लागेको बताउँदै उनले आफूले पाएको पदवीका लागि सबै नेपालीहरुलाई धन्यवाद दिए ।
सन् १९७६ मार्च १० का दिन २४ वर्षको उमेरमा बेलायत आएका श्रेष्ठ बेलायतको नेपाली समुदायको अग्रज मानिन्छन् । उनी करिब ४० वर्षदेखि बेलायतमा व्यवसायरत छन् । उनको नेपालीमा पनि व्यवसाय छ ।
व्यवसायका साथै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । एनआरएनए यूकेको संस्थापक अध्यक्ष रहेका उनी पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा पनि रहेर काम गरिसकेका छन् । उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् भने उनको सामाजिक सेवाका लागि वेष्ट लण्डन विश्वविद्यालयले उनलाई मानार्थ एमबीए पनि प्रदान गरेको छ ।
नयाँ बर्ष अवसरमा ११०७ जनाले विभिन्न पदवी पाएका छन् जसमा आधा महिला छन्।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान