
लण्डन । सिक्किमका हिज इमिनेन्स टुल्कु योन्तेन ग्यात्सो गुरुङ लण्डन आइपुगेका छन् ।
उनी मंगलबार साँझ लण्डन बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले आउने शुक्रबार ३० डिसेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा आयोजना गर्न लागेको तमु ल्होछार कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन बेलायत आएका हुन् । उक्त तमु ल्होछारका दिन हिज इमिनेन्स टुल्कुले धार्मिक प्रवचन, पूजापाठ, वाङ्ग (अभिषेक) प्रदान गर्ने छन् ।
उनको स्वागार्थ बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी युके लण्डन शाखाकी पूर्व आमा अध्यक्ष अन्तिम तमुस्यो, रेडिङ्ग बुद्धिष्ट गुम्बाका अध्यक्ष तथा पदाधिकारी एवं सदस्य, मन्जुश्री माने मलमकी तारा गुरुङलगायत भक्तजन, शुभचिन्तकलगायत आफन्तहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।
छोटो समयका लागि बेलायत भ्रमणमा रहेका हिज इमिनेन्स टुल्कु ग्यात्सोले बेलायतका विभिन्न स्थानमा धार्मिक पूजापाठमा सरीक रहने बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङले जानकारी दिए ।
त्यस्तै, बीसीसी युकेले गत २५ डिसेम्बरका दिन सेचेन गुम्बाका हिज होलिनेश रब्जम रिन्पोछेको गुम्बामा जन्मजयन्ती मनाएको छ । सोही क्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङलगायतले सेचेन गुम्बाका खैबा तिर्थ गुरुङलाई समेत गुम्बामा स्वागत गरेका थिए ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ