लण्डन । बेलायतमा बेपत्ता किरण पुनको हत्याको आशङ्कामा पक्राउ परेका दुई युवा जमानतमा छुटेका छन् ।
ह्याम्पसायर प्रहरीका अनुसार फ्लीटबाट पक्राउ परेका २९ वर्षीय युवा मार्च २४ सम्मका लागि जमानतमा छुटेका छन् भने अल्डरसटबाट पक्राउ परेका अर्का ३६ वर्षीय युवा मार्च २३ सम्मका लागि जमानतमा रिहा भएका छन् ।
बेलायतको एम्सबरीमा बसोबास गर्ने ३६ वर्षीय किरण पुन डिसेम्बर १ देखि हराइरहेका छन् । प्रहरीका अनुसार उनी सबैभन्दा पछिल्लोपटक सोही दिन साँझ साढे ७ बजेतिर अल्डरसट रेलवे स्टेशन बाहिर बसबाट ओर्लेका थिए ।
डिटेक्टिभ इन्स्पेक्टर होवार्ड ब्रोडरिबले आफूहरू किरण कहाँ हुन सक्छन् वा उनीमाथि के भयो भन्ने पत्ता लगाउन निरन्तर लागि परेको बताएका छन् । उनले किरणलाई पत्ता लगाउन केही सूचना भए प्रहरीलाई दिएर सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान