काठमाडौं। भारतका १२ वर्षे बालकले नेपालको भूकम्प पीडितहरुलाई सहयोग गर्न खुत्रुके फोडेका छन्। बिबिसीका अनुसार, भारतको पूर्वी शहर कोलकातामा बस्दै आएका आकाश मुखर्जीले अभिभावकलाई उपहार र फुटबल किन्न जम्मा गरेको ३५ सय भारतीय रुपैया बचाएर राखेका थिए। टेलिभिजनहरुमा भूकम्प पीडितहरुको अवस्था देखेपछि आफूले योजना परिवर्तन गरेको उनले बताएका छन्।
बैशाख १२ को शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या साढे ७ हजार पुगेको छ भने १५ हजारमा मानिस घाइते भएका छन्। ‘टेलिभिजनमा मेरै उमेरका बालबालिकाहरु भोकै र खुल्ला आकाशमुनी बसेको देख्ना चित्त दुख्यो’ बिबिसीसँग उनले भनेका छन् ‘विगत दुई वर्षदेखि मैले खुत्रुकेमा पैसा जम्मा गर्दै आएको थिए। त्यो पैसा उनीहरुलाई दिने निर्णय गरें।’ अभिभावकसँग कोलकोतास्थित नेपाली महाबाणिज्य दूतावास पुगेर उनले खुत्रुके नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरेका थिए। 
‘महावाणिज्यदूत आफै बाहिर आएर छोरालाई अंगाले । तपाईको छोराले कति पैसा कति चन्दा दिए भन्ने विषय महत्वपूर्ण होइन। यो उमेर यो केटाले जुन रुपमा सोचे त्यो साँचै महान छ’ आकाशका पिता गोरा मुखर्जीले बिबिसीसँग भनेका छन्। उनी एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्दछन्।
खुत्रुके फुटाएपछि खुद्रा पैसा गन्नका लागि महावाणिज्य दूतावासका कर्मचारीलाई करिब एक घण्टा लागेको थियो। महावाणिज्य दूतावासले आग्रहमा डिपोजित गर्न जाँदा करिब करिब बैंक बन्द हुन लागेको थयो। तर उनीहरुले पैसा जम्मा गराउनुको उद्देश्य बताएपछि बैकका कर्मचारी सहयोगका लागि तयार भएका थिए। आकाशले सहयोग गरेको पहिलो पटक मात्रै होइन। उनले फिल्म खेल्दा प्राप्त गरेको पैसा मदर टेरेसाको मिसिनरी अफ च्यारिटीलाई दिएका थिए।
आकाशकी आमा मनिषाले आकाशले पाँच वर्षदेखि नै चन्दा दिँदै आएको बताइन्।
सबै बचत गयो अभिभावक कसरी उपचार दिन्छौ वा फुटबल कसरी किन्छौ भनेर सोधिएको प्रश्नमा उनले भने , ‘मेरो खुत्रुके नभरिउन्जेल पर्खिनु पर्छ ।’ आकाशलाई अर्कोले खुत्रुके उपहार दिइसकेको छ र उनी त्यसमा रकम जम्मा गर्न थालिसकेका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते