
गान्तोक(सिक्किम) । युवा इतिहासकारद्वय अर्जुनबाबु माबुहाङ र अमित थेवेद्वारा लिखित पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिं चेम्जोङका लेखोट’ सिक्किम अल्पाइन विश्वविद्यालयमा पढाइ हुने भएको छ ।
दक्षिण सिक्किममा रहेको सिक्किम अल्पाइन विश्वविद्यालयमा याक्थुङ इतिहास तथा मुन्धुम इतिहास खोजकर्ता माबुहाङ र युवा सञ्चारकर्मी एवम् साहित्यकार थेबेको पुस्तक स्नातक तहको पाठ्यक्रममा समावेश हुने भएको विश्वविद्यालयले मंगलबार जानकारी गराएको छ ।
‘ब्याचलर तहको याक्थुङ (लिम्बु) भाषा र सिरिजङ्गा लिपिको विकासक्रमसँगै लिपि प्रचारक सिरिजङ्गा सिङ थेवेको योगदानको अध्ययनका लागि स्रोत पुस्तकका रूपमा हाम्रो किताब राखिने कुराले आल्हादित भएका छौँ,’ लालीगुराँस नगरपालिका तेह्रथुमका मेयरसमेत रहेका लेखक माबुहाङले प्रतिक्रिया दिए, ‘पुस्तकले नेपाल हुँदै सिक्किमसम्म बहस सुरु गरेको छ । स्रोत कृतिका रूपमा अध्यययन हुने कुराले उत्साहित भएका छौँ ।’
याक्थुङ(लिम्बु) भाषाको अध्ययन अध्यापनमा सिक्किम राज्य नमुना राज्य मानिन्छ । सिक्किममा गत सालबाट पीएचडी तहसम्ममा याक्थुङ(लिम्बु) भाषाको अध्ययन अध्यापन सुरु भएको छ । सन् १९७५ बाट सिक्किमले स्थानीय विद्यालयहरूमा रैथानै समुदायको भाषाका हिसाबले याक्थुङ(लिम्बु) भाषा पढाउन थालेको थियो ।
मानविकी संकायको स्नातक तहमा याक्थुङ भाषाको अध्ययन हुने गरी लिम्बु विभागका लागि कृति उपयुक्त रहेको सिक्किम अल्पाइन विश्वविद्यालयले ठहर गरेको लेखक थेवेले जनाए ।
सो विश्वविद्यालयका उपकुलपति आर के थापा, रजिस्ट्रार डा. एच के राजपूत र लिम्बु विभाग प्रमुख कर्णहाङ सुब्बाले एक पत्रमार्फत् लेखकद्वय र प्रकाशिका सिद्धकुमारी थेवेलाई सो जानकारी गराएका थिए ।
‘याक्थुङ इतिहास, भाषा, सँस्कृति र अनुसन्धानमूलक काममा निरन्तर लागिरहन थप उर्जा मिलेको छ,’ बेलायतमा रहेका लेखक थेवेले जोडे, ‘यो उपलब्धि भाषा, लिपि र याक्थुङ मुन्धुम र धर्मका लागि प्राण आहुति दिने महान् सहिद एवम् हाम्रा विभूति सिरिजङ्गा सिङ थेवे, सिङ्गो समुदाय, माटो र भाषिक साँस्कृतिक अभियानमा लागिरहने अभियन्ताहरूमा समर्पित छ ।’
आधा दर्जन बढी पुस्तकका लेखक माबुहाङको अर्को पुस्तक पनि पाठ्यक्रममा राखिएको छ । पान्थरमा रहेका लक्ष्मण लाओतीसँग संयुक्त रूपमा लेखेका ‘दस लिम्बुवान सत्रथुमको नीति’ विश्वविद्यालयमा राखिने भएको लेखक लाओतीले बताएका छन् । उनले इतिहासका पक्षहरू खोज अनुसन्धान गर्न र लेख्न थप हौसला पुगेको जनाए । किताब तेजेन्द्र कुरुम्वाङले प्रकाशन गरेका हुन् । यसैगरी, सिक्किमकी लेखिक सन्ध्या सिङ्जाङ्गोका दुई अङ्ग्रेजी किताबहरू ‘लिम्बु स्यामेन्स्’ ‘चइत् मुन्धुम’ पनि पाठ्यक्रममा समावेश भएको छ । वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले संकलन गरेको मुन्धुमको संग्रह ‘चइत् मुन्धुम’लाई सिङ्जाङ्गोले खस नेपालीबाट अङ्ग्रेजी भाषामा उल्था गरेकी हुन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम