
काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताउनुभएको छ ।
उहाँले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गर्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रुपमा स्थापित गरेको धारणा राख्नुभयो ।
हालै सम्पन्न निर्वाचनमा केही स्थानमा कमी कमजोरी पनि देखिएका बताउँदै आगामी दिनमा सुधार गरेर लोकतान्त्रिक प्रणालीको सुधारमा लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताउनुभयो ।
नेपाली जनताले आफ्नो पार्टीलाई कूल सात प्रदेशमध्ये छ वटा प्रदेशमा १ नम्बरको पार्टी बनाएको भन्दै उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । निर्वाचनपछि पनि देश राजनीतिक अराजकतातर्फ गएको र आर्थिक हिसाबले सम्हाल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले एमालेका जनप्रतिनिधिले वास्तविक अर्थमा भूमिका खेल्न आग्रह गर्नुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ