
काठमाडौँ । नेपाल सरकारले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको ‘ब्रिफिङ’ गर्दै केही हवाई ट्रान्जिटमा रहनुभएका नेपाली नागरिकबाहेक श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थीति नरहेको जानकारी दिनुभयो ।
“हामीले सम्बन्धित दूतावासमार्फत नियोगमा बुझेअनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । हामी चिन्तित हुनुपर्ने स्थीति छैन”, मन्त्री शर्माले भन्नुभयो, “तर, ट्रान्जिटमा परेकाहरूको हकमा उद्धार काम भइरहेको छ ।”
नेपाल सरकारले ‘इमर्जेन्सी रेस्क्यु’ टिमलाई बलियो बनाउने तयारीमा रहेको र भविष्यमा तत्काल उद्धार गर्ने पस्थिति आए तयारी रहने मन्त्री शर्माले जानकारी दिनुभयो । मन्त्रालयले प्राप्त गरेको सूचनाअनुसार अनलाइन फर्ममार्फत असुरक्षित भएको महसुस गर्नेमा पाँच हजार जना छन् ।
त्यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिक अहिलेसम्म सुरक्षित रहेको बताउनुभयो । दुबईमा कार्यरत एक जना नेपालीको मृत्यु भए पनि अहिलेसम्म त्यस्तो जोखिम पूर्ण अवस्थामा श्रमिक नरहेको उहाँले बताउनुभयो ।
युद्धको बाछिटाले १५ जना श्रमिक सामान्य घाइते भएको र अहिले १४ जना उपचारपछि निको भएर काममा फर्किएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक दुई÷तीन पटक फोन सम्पर्कमार्फत सम्बन्धित नियोगमा नेपाली नागरिकको अवस्थाबारे तथ्याङ्क र सूचना सङ्कलन गर्दै आएको पनि उहाँले बताउनुभयो । “हाम्रा श्रमिक हालसम्म सुरक्षित छन्”, उहाँले भन्नुभयो, “नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्दैछौँ ।”
त्यस्तै, बहराइनमा युद्ध प्रभावित दुई हजार ६०० जना सेल्टरमा छन् जसमध्ये, चार नेपालीसमेत सुरक्षित रहेको मन्त्रालयको आजको ब्रिफिङमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयले १२ दिनदेखि इजराइल अमेरिका र इरानबीचको युद्धको प्रभावले असुरक्षित महसुस गरेका नेपाली नागरिकलाई सुरक्षाको मनोभाव बढाउनसमेत आवश्यक रहेको सचिव राईले बताउनुभयो । मन्त्रालयको तथ्याङ्कअनुसार खाडी मुलुकमा १७ लाख २९ जना नेपाली श्रमिक कार्यरत हुनुहुन्छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]