
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड तीन लाख ४४ हजार ९५२ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको मंगलबार बिहान ८ बजे सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख ६७ हजार ०४३ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले)ले १४ लाख २४७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६१ हजार ६८०, श्रम संस्कृति पार्टीले तीन लाख ४९ हजार १४०, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७० हजार १५८, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३८६ र जनमत पार्टीले ७५ हजार ७५२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]