
लन्डन । यही फागुन ३० गतेदेखि हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ।
यूकेबाट डा. हेमराज शर्मा, अमेरिकाबाट रविन बज्राचार्य र जापानबाट रविन शेरचनले बुधबार उम्मेदवारी दिनुभएको निर्वाचन समितिले जनाएको छ । छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा टिका (राधिका) गुरुङ निर्विरोध हुनुभएको छ।
महासचिव पदका लागि डा. चिरञ्जीवी खड्का र रामशरण सिम्खडाले उम्मेदवारी दिनुभएको छ । दुई उपमहासचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने छ सचिव पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। महिला सचिवमा कञ्चन थापा निर्विरोध हुनुभएको छ ।
कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरेले उम्मेदवारी दिनुभएको छ । तीन सहकोषाध्यक्ष पदका लागि भने दुई जनाको मात्र उम्मेदवारी परेको छ। महिला सहकोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध हुनुभएको छ ।
महिला संयोजक पदका लागि प्रसुना कँडेल र रश्मी थापाले उम्मेदवारी दिनु भएको छ । युवा संयोजकमा नवीन न्यौरे र दीपेश खत्रीको उम्मेदवारी परेको छ।
क्षेत्रीय संयोजकतर्फ अफ्रिका क्षेत्रबाट मनोज बिक र भुवन खरेल निर्विरोध हुनुभएको छ । एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने युरोप संयोजकमा रोबर्ट लिम्बु निर्विरोध हुनुभएको छ । मध्यपूर्व संयोजक पदमा दुई जनाको उम्मेदवारी परेको छ।
ओशियाना क्षेत्र संयोजकमा रमेश जोशी निर्विरोध हुनुभएको छ । दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्विरोध हुनुभएको छ ।









बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]