
काठमाडौँ । गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि वान्ट जस्टिस्’ र ‘महिला शोषणविरुद्ध एक हौँ’ लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।
गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिषा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेको थियो । मृतकका आफन्तहरूले सामूहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषाको बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाइएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो