काठमाडौं,
एक वर्षभित्र संविधान निर्माण गर्ने भनि बाचा गरेको प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनर्संरचनाको विषय प्रमुख चुनाैतीको विषय बन्ने देखिएको छ । प्रमुख दलहरु नेपाली कांग्रेस नेकपा एमाले र एकृकीत नेकपा माओवादीबीच प्रदेश निर्माण सैद्धान्तिक आधारमै विमती रहेका छन्।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश निर्माणको विषयमा कांग्रेस र एमालेसँग लेनदेन गर्न सकिने बताएका थिए । तर संविधान दुवै दल राज्य पुनर्संरचनाको विषयमा दलहरु आफ्नै पूर्व अडानमा देखिएका छन् । माघ ८ गतेसम्म संविधान दिने प्रमुख दलहरुले प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।
दाहालले राज्य पुनर्संरचनामा कांग्रेस एमाले लचिलो बने शासकीय प्रणालीमा माओवादी लचिलो हुने प्रस्ताव थियो।
‘राज्य पुनर्संरचना (संघीयता) मा कांग्रेस र एमालेलगायत दल लचिलो भएर आउँछन् भने हामी पनि शासकीय स्वरुपमा बीचको बाटो खोज्न तयार छौं,’ दाहालले लाजिम्पाटस्थित निवासमा सञ्चारकर्मीसँग भने । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने कि व्यवस्थापिका संसदले चुनेको प्रधानमन्त्री कार्यकारी हुने वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने भन्नेमा दलहरूबीच विवाद छ ।
‘अहिले पनि संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरूबीच सैद्धान्तिक मतभेद कायमै छ,’ उनले भने, ‘अहिले त विगतमा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने कार्य मात्रै भइरहेको छ ।’ संविधान निर्माणमा सबैभन्दा मुख्य समस्या नै सैद्धान्तिक असहमति रहेको बताउँदै दाहालले थपे, ‘अझै पनि राज्य पुनर्संरचना, शासकीय प्रणाली, न्याय प्रणाली र निर्वाचन प्रणाली कस्तो हुने भन्ने प्रिन्सिपलमै मतभेद छ ।’
एकल जातीय पहिचानको आधारमा १४ प्रदेश निर्माण गरिनुपर्ने धारणा राख्दै आएको माओवादी राख्दै आएको छ भने कांग्रेस एमाले बढीमा सात प्रदेश कमै प्रदेश निर्माण गरेर जानुपर्ने धारणामा छन् ।
नेपाली कांग्रेसले पदाधिकारीहरुको बैठक राखेर साझा पहिचानको सात प्रदेशभन्दा बढीमा जान नसकिने बताइसकेको छ भने एमालेले बुहपहिचानका सात प्रदेशको बटमलाइन बनाएको छ ।
‘बहुपहिचानका सात प्रदेशको निर्माणमा हाम्रो बटम लाइन हो । सात प्रदेश निर्माण गरेर जानुपर्छ भन्ने हाम्रो पहिलकै निर्णय हो । बैठकमा सकेसम्म कम प्रदेश निर्माण गरेर जानुपर्छ भन्ने धारणा आएको छ,’ सचिव योगेश भट्टराईले भने, ‘एमाले आगामी दिनमा यस विषयमा अझै धारणा स्पष्ट पारेका जाने छ ।’
सञ्चारकर्मीहरुसँगको भेटमा दाहालले २०६९ सालमा दलहरुबीच भएको सहमतिको ११ र कांग्रेस एमालेले अहिले भनेको जस्तो ५ वा ७ प्रदेशको विषय एकीकृत माओवादीका लागि स्वीकार्य नभएको बताएका थिए ।
दलको अडान
नेपाली काग्रेस – साझा पहिचान बढीमा सात प्रदेश
नेकपा एमाले – बहुपहिचानका बढीमा सात प्रदेश
एकीकृत नेकपा माअाेवादी – एकल पहिचानका १४ प्रदेश
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा