
लण्डन । खैरेनीटार (तनहुँ) सेरोफेरो परिवार युकेको वार्षिक भेटघाट आइतबार सम्पन्न भएको छ ।
दक्षिणपूर्वी लण्डनको वेलिङस्थित सेन्ट माइकल चर्चमा आयोजित सो कार्यक्रममा संस्थापक सल्लाहकार मोहन गुरुङले उपस्थित सबैलाई हार्दिक स्वागत गरेका थिए । यसैगरी, अध्यक्ष किसन गुरुङले वार्षिक भेटघाट कार्यक्रम तथा संस्थाका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा नेपालबाट बेलायत भ्रमणमा आएका पाहुनाहरूलाई स्वागत गरिएको थियो । यस्तै, डेनमार्कबाट आउनुभएका पाहुना मिकल्सनले नेपाली समुदायसित ३० वर्षदेखि जोडिन पाएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा विभिन्न मनोरन्जनात्मक खेल तथा साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । महिलाहरूका लागि गरिएको म्यूजिकल चेयरमा हमा श्रेष्ठ पहिलो र मीना गुरुङ दोस्रो भएका थिए । म्यूजिक चेयरको पुरस्कारको प्रायोजन कमला राना र गोबर्धन रानाले गरेका थिए । यस्तै, राफल ड्र अंजु गुरुङ, गुनकेशरी गुरुङ, किशोर थापा, प्रेम गुरुङ, सीता गुरुङ, काजी गुरुङले जितेका थिए । राफल ड्रको प्रायोजन होमबहादुर-बसुमाया थापा, किसन-युवा गुरुङ, चुनक-चन्द्रा गुरुङ, काजी गुरुङ, लाल-निर्मला थापा, मोहन-बनु गुरुङ, मोहन-सरिता गुरुङ र राजेन्द्र-हेमा रानाले गरेका थिए । राफल ड्र कार्यक्रमको सन्चालन सरिता गुरुङ र निर्मला थापाले गरेका थिए ।
कार्यक्रममा चन्द्र गुरुङ, प्रवीण गुरुङ, पूनम गुरुङ, नील पुनलगायतले गीत प्रस्तुत गरेका थिए ।
भेलामा पेयपदार्थ जसुदा गुरुङ रेडिङले गरेकी थिइन् । कार्यक्रमको संचालन कमला रानाले गरेकी थिइन् । कोषाध्यक्ष गोबर्धन रानाले ३ हजार ८० पाउण्ड ५७ पेन्स कोषमा रहेको जानकारी गराएका थिए ।
करिब ७० जना सहभागी भएको सो भेटघाटले अर्को वर्षको वार्षिक भेटघाट शनिबार डिसेम्बर २, २०२३ गर्ने तय गरेको छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता