नयाँदिल्ली । बेलायत र भारतबीच सोमबारदेखि स्वतन्त्र व्यापार सम्झौताबारे वार्ता शुरू भएको छ ।
बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री केमी बाडोनाकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गरेकी छिन् ।
मन्त्री बाडेनोकको भ्रमणले बेलायत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलायत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलायतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर उहाँहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ