
लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२२ सालको सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई ‘प्रतिभा सम्मान -२०२२’ र कवि सुदीप पाख्रिनलाई ‘प्रतिभा पुरस्कार-२०२२’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
विं सं २००७ साल पौष १ गते सुनसरी जिल्लाको धरानमा जन्मिनुभएका दीप श्रेष्ठले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो । सन् १९६८ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठका पाँचसय भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । उनको गीति एल्वमहरू ‘यात्रा १ र २’, ‘दृष्टी’, ‘श्रृंखला’, ‘कदम’, ‘दोभान’, ‘लिपी’, ‘प्रायश्चित’, ‘वेष्ट अफ दीप श्रेष्ठ’ र ‘वेष्ट अफ नारायण गोपाल र दिप श्रेष्ठ’ लगायतका एल्बमहरू प्रकाशित छन् । उनका ‘म त दूरदेखि आएँ’, ‘हर रात सपनीमा’, ‘वितेका कुराले’, ‘कति कम्जोर रहेछ’, ‘हुँ यात्री म’, ‘झीरमा उनिनु एउटा कुरा’, ‘हिउँचुलीमा’ जस्ता दर्जनौँ कालजयी गीतहरू आज पनि उतिकै चर्चित छन् ।
अल्लाहवाद, इण्डियाबाट संगीतमा स्नातकसम्मको शिक्षा हासिल गरेका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक भएर लामो समयसम्म सेवा गरे । उनले स्वदेश तथा विदेशको विभिन्न ठाउँहरूमा एकल गायन शोहरू सम्पन्न गरिसकेका छन् । यस्तै, चर्चित कार्यक्रम ‘द भोइस अफ नेपाल’को प्रशिक्षक तथा अन्य गायन प्रतियोगिताहरूमा निर्णायकको भूमिका निभाउँदै आइरहेका छन् ।
प्रतिभा पुरस्कार पाउने स्रष्टा सुदीप पाख्रिनको जन्म विं सं २०२८ साल आश्विन १९ गते सुनसरी जिल्लाको धरानमा भएको हो । उनी धरानका एक सशक्त युवा कवि हुन । विं सं २०४८ सालबाट कविता लेख्न सुरू गरेका उनको पहिलो कृति ‘आदिम मौनता’ कवितासङ्ग्रह २०६७ र दोस्रो ‘दगुरिहिड्ने चौबाटो’ कवितासङ्ग्रह २०७३ मा प्रकाशित भएका छन् भने ‘बोध’ नियात्रा सङ्ग्रह र एउटै शीर्षकका कविताहरूको सङ्ग्रह प्रकाशोन्मूख रहेको छ । कृष्णभूषण बल युवा सिर्जना पुरस्कारलगायत धरै सम्मान प्राप्त गरिरसकेका पाख्रिन कलरव, धरान र कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य भएर साहित्यिक तथा सामाजिक कार्यमा संलग्न हुँदै आएका छन् । नेपाली कविता क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत कवि पाख्रिनलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्वर्गीय ईश्वर मानन्धर, स्वर्गीय अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम, भागिरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ, गोपाल पराजुली, डा राजेन्द्र बिमल, डा कृष्णहरि बराल सम्मानित भइसक्नु भएको छ । यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा र गणेश गुरुङ पुरस्कृत भइसकेका छन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम