काठमाडौं। बलिउड अभिनेता आमिर खानले भूकम्प प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न अपिल गरेका छन्। राष्ट्र संघीय बालकोष (युनिसेफ) का दक्षिण एशियाका सद्भावना दूत खानले आफ्नो ट्विटरमार्फत यस्तो आह्वान गरेका हुन्। आफ्नो हालै भएको नेपाल भ्रमण स्मरण गर्दै अभिनेता खानले भूकम्पबाट मर्नेको संख्या बढ्दा त्यसले मन दुखाएको बताएका छन्।
उनले युनिफेसमार्फत सहयोगका लागि अपिल गरेका हुन्। करिब ६ महिना अघि काठमाडौंमा भएको कार्यक्रममा खानलाई सद्भावना दूत घोषित गरिएको थियो। उनले बालबालिकामाथि पोषणका लागि जोड दिँदै आएका छन्। भूकम्प भएको एक सातापछि युनिसेफले विज्ञप्ति जारी गर्दै केही सातापछि नै शुरु हुने मनसुनले भूकम्प प्रभावित बालबालिकामाथि गम्भीर असर पार्ने चेतवानी दिएको छ। भूकम्पबाट प्रभावित लाखौं बालबालिका घरवारविहीन भएको र आधारभूत स्वास्थ्य सेवा पाउन नसकेको युनिसेफले जनाएको छ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते