
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके अल्डरसटमा हाल बेलायत भ्रमणमा रहेका गुरु रिन्पोछेले मेडिटेशन र योगाबारे प्रवचन दिएका छन् । रिन्पोछेले गत बुधबार ३० नोभेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा उक्त प्रवचन दिएका हुन् ।
शङ्पा कग्यु ट्र्याडिसनका प्रमुख समेत रहेका भारतको दार्जिलिङ्गमा जन्मिएका कालु रिन्पोछेले ध्यान र निगुवा योगा अभ्यासबारे आफ्नो अनुभव सुनाउँदै ध्यान र योगा अभ्यासले मानव जीवनमा ल्याउने परिवर्तन र यसलाई अभ्यास गर्ने विधि जानकारी दिए । साथै, उनले हामीले जुनसुकै विषयको अभ्यास गरेता पनि सावधानीपूर्वक गर्नुपर्ने, कसैलाई देखाउन र प्रमाणित गर्न गर्न नहुने जनाए ।
बीसीसी युकेका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त प्रवचनमा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिईएम, महासचिव क्याप्टेन देव घले, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा सचिव एवं कार्यवाहक आमा अध्यक्ष शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङ, सल्लाहकार, ट्रष्टीहरू, आजीवन सदस्यलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, गुरु रिन्पाछेका स्थानीय बेलायती अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
उक्त प्रवचनमा बीसीसी युकेका कावा अध्यक्ष आङ्गदावा शेर्पाले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी प्रवचन दिएकोमा धन्यवाद दिएका थिए । साथै, कावा अध्यक्ष शेर्पा र कावा आमा अध्यक्ष गुरुङले संयुक्त रुपमा गुरू कालु रिन्पोछेलाई मायाको चिनो प्रदान गरे । त्यस्तै, कार्यक्रम संयोजक समेत रहेका बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए ।
करीब ६० जनाको उपस्थिति रहेको उक्त प्रवचनमा सहभागीहरुले हिज इमिनेन्स (एचई) कालु रिन्पोछ स्वागतद्वारमा फूलको गुच्छा र खादाले स्वागत गरेका थिए । सो अवसरमा रिन्पोछेले बीसीसी युकेको प्राङ्गगणमा रहेको शाक्यमुनी बुद्धको मूर्ति, छोर्तेन र गुम्बाभित्र पूजा हलमा समेत पूजापाठ गरे ।
बेलायतका विभिन्न स्थानबाट आएका रिन्पोछेका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त प्रवचनको अन्त्यमा सहभागी भक्तजनहरूले रिम्पोछेबाट आर्शिवाद लिएका थिए ।

नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक