
काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । आज नेपाली समयानुसार अपराह्न २:३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि छ ।
हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा ९माओवादी केन्द्र०ले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले चार लाख १९ हजार चार सय ५७, जनमत पार्टीले तीन लाख ९३ हजार एक सय ७४, नेकपा एकीकृत समाजवादी ले दुई लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ ।
प्रदेशसभाअन्तर्गत प्रदेश नं १ मा एमालेले छ लाख ३२ हजार सात सय चार, कांग्रेसले पाँच लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ ।
मधेसमा कांग्रेसले तीन लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ ।
बागमतीमा एमालेले पाँच लाख ५४ हजार छ सय ६२, कांग्रेसले चार लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय ५४ र राप्रपाले दुई लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले तीन लाख ४२ हजार आठ सय ७२, कांग्रेसले तीन लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले एक लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ ।
कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार ३९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ ।
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]