
लण्डन । बेलायतका अर्थमन्त्री जेरेमी हन्टले आज बेलायतको संसदमा शरदकालिन आर्थिक मन्तब्य प्रस्तुत गरेका छन् ।
यसअघिका अर्थ मन्त्रीे पेश गरेको आर्थिक नीतिका कारण अस्थिर रहेको बेलायती अर्थतन्त्र नयाँ अर्थमन्त्रीले कस्तो बजेट ल्याउलान् भन्ने प्रतीक्षामा रहेको थियो । हन्टले धेरै क्षेत्रमा करको दायरा बढाएका छन् ।
उनले ग्याँस तथा विद्युत उत्पादकहरुलाई लगाइने कर १० प्रतिशतले बढाएका छन् भने उर्जा उत्पादकले कमाएको नाफामा ४५ प्रतिशत इनर्जी प्रोफिट लेभी लगाएका छन् ।
वार्षिक १ लाख ५० हजार पाउण्डभन्दा धेरै तलव खानेहरुलाई ४५ प्रतिशत कर लगाइँदै आएकोमा हन्टले अब १ लाख २५ हजार १ सय ४० पाउण्ड माथि तलव खानेहरुले ४५ प्रतिशत कर तिर्नुपर्ने बनाएका छन् ।
राज्यबाट दिइने विभिन्न भत्तामा मुद्रास्फितिअनुसार समायोजन गर्न आगामी आर्थिक वर्षदेखि १०.१ प्रतिशतले वृद्धि गरिने भएको छ भने राष्ट्रिय न्यूनतम ज्यालामा ९.७ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षदेखि १०.४२ पाउण्ड प्रतिघण्टा बनाइएको छ ।
बढ्दो उर्जाको मूल्यमाथि सरकारले हस्तक्षेप गरी यसअघि प्रति घर प्रतिवर्ष २ हजार ५०० पाउण्ड मूल्य कायम गरिएकोमा आगामी आर्थिक वर्षदेखि त्यसलाई बढाई ३ हजार पाउण्ड बनाइएको छ भने आगामी आर्थिक वर्ष पनि ९०० पाउण्डसम्म उर्जाको मूल्य तिर्नका लागि सहयोग उपलब्ध गराइने छ ।
यस्तै, पेन्सनरहरुले पाउने पेन्सनमा पनि आगामी आर्थिक वर्षदेखि १०.१ प्रतिशत वृद्धि गरिने भएको छ भने पेन्सन कोषलाई तीन वटा उपायहरुबाट सुरक्षित गरिने भएको छ ।
सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई यस वर्षका लागि १ बिलियन पाउण्ड अतिरिक्त बजेटको ब्यवस्था गरेको छ भने अर्को वर्ष १.७ बिलियन पाउण्ड अतिरिक्त बजेट छुट्याएको छ ।
सरकारले विद्युतीय सवारीसाधनलाई दिँदै आएको सवारी कर छुटको प्रावधान खारेज गरेको छ । सन् २०२५ देखि विद्युतीय सवारीसाधनहरुले पनि सवारी कर तिर्नुपर्ने सरकारले नीति ल्याएको छ ।
अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले यस वर्ष बेलायतको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने अर्को वर्ष आर्थिक मन्दीका कारण १.४ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ भने बेरोजगारी दर अर्को वर्ष ३.६ प्रतिशत रहने र सन् २०२४ मा बढेर ४.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यस्तै, मुद्रास्फिति यो वर्ष ९.१ प्रतिशत रहने साथै अर्को वर्ष केही घटेर ७.४ प्रतिशत रहने पनि आँकलन गरेको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम