काठमाडौँ । लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको तेस्रो महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।
यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा समेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधार भएको पाइएको हो । अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर थियो ।
अमेरिकी डलरमा भने विनिमय सञ्चिति शुन्य दशमलव छ प्रतिशतले घटेर नौ अर्ब ४८ करोड कायम भएको छ । अघिल्लो वर्षको अन्यमा यस्तो सञ्चिति नौ अर्ब ५४ करोड थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत असोज मसान्तमा चार दशमलव तीन प्रतिशतले वृद्धि भई रु ११ खर्ब एक अर्ब ६० करोड पुगेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा असोज मसान्तमा नौ दशमलव तीन प्रतिशतले कमी आई रु एक खर्ब ४४ अर्ब ६२ करोड रहेको छ ।
चालु आवको पहिलो तीन महिनाकोे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ । विसं २०७८ साउनमा रु १३ खर्ब ५४ अर्ब ८२ करोड बराबर रहेको विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेर गत वैशाखमा रु ११ खर्ब ४६ अर्ब ८८ करोडमा झरेको थियो ।
केन्द्रीय बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चिति एक महिनामै रु ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । यो रकमले नौ दशमलब छ महिनाको वस्तु र आठ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विवरणमा उल्लेख छ ।
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?