
काठमाडौं । नेपाल सरकारले सूचीकृत गरेको ६० आदिवासी जनजातिमध्ये ११ जातीय समूहका ३२ जना २१ फागुन २०८२ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका छन् ।
सूचीकृतमध्ये जनसंख्याका आधारमा क्रमश: मगर ५, थारू ५, तामाङ २, नेवार ५, राई ५, गुरुङ ३, लिम्बू ४, राजवंशी १, धिमाल १ र थकालीबाट १ जनाले संसद्मा प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ भने परिणाम आउन बाँकी छ ।
यस समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत १९.३९ पुगेको छ । यो परिणाम निराशाजनक रहेको आदिवासी जनजातिका अभियन्ताहरु बताउँछन् । अभियन्ता एवं गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष विश्वास दीप तिगेलाले भन्नुभयो, ‘नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति समुदायबाट निर्वाचित परिणाम निराशाजनक रहेको छ । यो परिणामले पहिचानको मुद्दा धुमिल बन्दै गएको प्रस्ट पार्छ ।’
‘आदिवासी जनजाति नेताहरू जुन दलबाट जिते पनि कारिन्दा मात्र हुन्,’ एक नेताले भने, ‘तर पनि राजनीतिक रूपमा नीतिनिर्माण तहमा पुग्नु आंशिक उपलब्धिका रूपमा लिनुपर्छ । जनजाति, उत्पीडित, अल्पसंख्यकका पक्षमा के-कति काम गर्छन्, त्यो आशालाई विश्वासमा परिणत गर्ने र काम गरेर देखाउने अवसर उनीहरूले पाएका छन् ।’
रास्वपा
१.सन्तोष राजवंशी (मोरङ-४)
२.रुकेश रन्जित (भक्तपुर-१)
३.विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
४.बिना गुरुङ (कास्की-३)
५.गणेश धिमाल (बारा-१)
६.सुरेशकुमार चौधरी (बाँके–१)
७.सुधन गुरुङ (गोरखा १)
८.बुद्धरत्न महर्जन (ललितपुर–१)
९.इन्दिरा राना मगर (झापा-२)
१०.अशोककुमार चौधरी (सुनसरी-३)
११.आशिका तामाङ (धादिङ-१)
१२.पुष्पाकुमारी चौधरी (सप्तरी-१)
१३.अमरकान्त चौधरी(सप्तरी-३)
१४.बोधनारायण श्रेष्ठ(धादिङ-२)
१५.सूर्यबहादुर तामाङ (उदयपुर-२)
१६.टेकबहादुर शाक्य (पर्सा-४)
१७.ठाकुर सिंह थारु बर्दिया १
कांग्रेस
१.सन्तोष सुब्बा (तेह्रथुम-१)
२.टेकबहादुर गुरुङ (मनाङ-१)
३.योगेश गौचन थकाली (मुस्ताङ-१)
४.सन्दिप राना (पाल्पा-१)
५.नरेन्द्रकुमार केरुङ(पाँचथर-१)
६.निश्कल राई (इलाम-१)
एमाले
१.सुहाङ नेम्बाङ (इलाम-२)
२.राजेन्द्रकुमार राई (धनकुटा-१)
३.क्षितिज थेबे (ताप्लेजुङ-१)
श्रम संस्कृति पार्टी
१.हर्कराज राई (सुनसरी-१)
२.आरेन राई खोटाङ -१
३.ध्रुवराज राई (भोजपुर १)
नेकपा
१.वर्षमान पुन (रोल्पा)
२.धनबहादुर बुढा (डोल्पा-१)
स्वतन्त्र
१.महावीर पुन (म्याग्दी)
जम्मा ३२ जना
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी