
लन्डन । ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) विभिन्न कार्यक्रम गरी मनाएको छ ।
“गीभ टु गेन” नारालाई आत्मसाथ गर्दै डेगेनहाममा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कम्युनिटीका महिलाहरुले आफ्ना विभिन्न पेसा एवं क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मानपत्र, सील्ड र पुष्पगुच्छाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा चौध वर्षदेखि सौन्दर्य व्यवसायमा आबद्ध समाजसेवी गंगाकुमारी राई, नेपाली पाठशालालाई दश वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएकी व्यवसायी साङ्गे लामा गुरुङ र नुमा एस्टिल्लोकी संस्थापक नताशा लिम्बु रहेका छन् ।
त्यसैगरी कम्युनिटीका पूर्वअध्यक्षहरु ललिता चोङबाङ लिम्बु, सिमा गुरुङ र कमला लिम्बुलाई दोसल्ला ओढाएर विशेष धन्यवादसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युकेकी पहिलो महिला अध्यक्ष बिमला सेनले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले अब महिलाहरुको युग हुने बताउँदै समान अधिकारका लागि आफूलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
महिला दिवसको अवसर पारेर समुदायका महिलाहरुको योगदानलाई कदर गर्ने प्रथाको प्रशंसा गर्दै यसले महिलाहरुलाई अगाडि बढ्न थप प्रेरणा मिल्ने उहाँले उल्लेख गर्नुभएको थियव ।
विशेष अतिथिको रूपमा उपस्थित ईष्ट लन्डन नेपाली गोर्खा कम्युनिटीका अध्यक्ष बिनय आचार्यले आउँदो वर्ष अझ ब्यापक रुपमा मनाउँदै समुदायका पुरुष सहभागिताको लागि विशेष पहल हुने बताउनुभएको थियो ।
सम्मानित हुनेहरुले जीवनमा कहिले पनि मञ्चमा उभिएर नबोलेको र आफूले सम्मानको आशा नगरी गरेको काममा समाजले मूल्याङ्कन गरी सम्मान गरेकोमा आफूहरु जस्तो भूइँमान्छेका लागि महिला दिवसको भएको महसूस भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
ईष्ट लन्डन नेपाली महिला कम्युनिटीले स्थापनाकालदेखि समुदायमा नवजात शिशुको जन्ममा स्वागत, नयाँ घरको गृह प्रवेश, श्रद्धाञ्जली भेटघाट र कम्युनिटीका नयाँ पुस्ताहरुका लागि नेपाली भाषा तथा संस्कृतिसम्बन्धी कक्षा (पाठशाला) संचालन जस्ता कार्य संचालन गर्दै आइरहेको छ । नेपाली पाठशालाको संयोजन लक्ष्मी राईले गर्दै आउनुभएको छ ।
कार्यक्रममा संस्थाले १० वर्ष पूरा गरेको उपलक्ष्यमा केक समेत काटिएको थियो भने गरगहना तथा रेडिमेड लुगाहरुको बिक्री स्टल, फोटो प्रदर्शनी तथा घरबाट पकाएर ल्याइएका विभिन्न परिकार राखिएको थियो ।
कार्यक्रममा ईष्ट लन्डन गोर्खा नेपाली कम्युनिटीका पूर्वअध्यक्ष मिन गुरुङ, सामाजिक अभियन्ता क्रिस्टिनालगायत स्थानीय महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
महिला कम्युनिटीका अध्य्क्ष शान्ति लिम्बुको अध्य्क्षतामा भएको कार्यक्रम महासचिव लक्ष्मी (लारा) राईले कार्यक्रम संचालन गर्नुभएको थियो । महासचिव लाराले कार्यक्रम सञ्चालनका क्रममा संस्थाको बारेमा जानकारी दिनुभएको थियो ।

हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा