
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा नेपाल तथा बेलायत सरकारको वार्ता टोलीबीच दोस्रो वार्ता नोभेम्बर २१ मा लण्डनमा हुने भएको छ ।
सो वार्ता लण्डनस्थित नेपाली दुताबासमा दिउँसो १ बजेदेखि साढे २ बजेसम्म तय भएको वार्तामा गोरखाहरुका तर्फबाट प्रतिनिधि रहेका मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसपटकको वार्ता प्राविधिक वार्ता रहेको छ । जसमा वार्ता टोलीका संयोजकहरु बेलायती भेटेरान मन्त्री तथा नेपाली वार्ता टोलीका संयोजक रहेका बेलायतका लागि नेपाली राजदुत सहभागी हुने छैनन् । तर टोलीका अन्य सदस्यहरुले विभिन्न विषयमा छलफल गरी वार्तालाई अगाडी बढाउने छन् ।
गुरुङले सो दिनको वार्तामा आफूले गोरखाहरुका तर्फबाट वार्ताको चरणवद्ध छलफलका विषयहरु, समान पेन्सन तथा क्षतिपूर्ति माग गर्नुको पृष्ठभूमि र कारणहरु प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
गोरखा भूतपूर्व सैनिकहरु बेलायती समकक्षीसरह पेन्सनको माग गर्दै लामो समयदेखि आन्दोलित छन् र उनीहरुले दुई सरकारबीच वार्ता हुनुपर्ने माग गर्दै अनसन पनि बसेका थिए । लामो समयको माग पछि यही नोभेम्बर ३ मा पहिलो वार्ता शुरु भएको थियो । त्यसको तीन साता नबित्दै वार्ताको अर्को मिति तोकिनुले केही सकारात्मक आशा गर्न सकिन्छ कि भन्ने प्रश्नमा गुरुङले भन्नुभयो, “बेलायत सरकारको गोरखाहरुलाई समान पेन्सन तथा क्षतिपूर्ति दिने विचार देखिँदैन । अहिले अलिकति वार्ताको ढोका खुलेको छ । त्यसलाई ठेलेको ठेलेकै गरेर दबाब दिने हो भने असम्भव पनि केही छैन ।”
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ