
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा नेपाल तथा बेलायत सरकारको वार्ता टोलीबीच दोस्रो वार्ता नोभेम्बर २१ मा लण्डनमा हुने भएको छ ।
सो वार्ता लण्डनस्थित नेपाली दुताबासमा दिउँसो १ बजेदेखि साढे २ बजेसम्म तय भएको वार्तामा गोरखाहरुका तर्फबाट प्रतिनिधि रहेका मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसपटकको वार्ता प्राविधिक वार्ता रहेको छ । जसमा वार्ता टोलीका संयोजकहरु बेलायती भेटेरान मन्त्री तथा नेपाली वार्ता टोलीका संयोजक रहेका बेलायतका लागि नेपाली राजदुत सहभागी हुने छैनन् । तर टोलीका अन्य सदस्यहरुले विभिन्न विषयमा छलफल गरी वार्तालाई अगाडी बढाउने छन् ।
गुरुङले सो दिनको वार्तामा आफूले गोरखाहरुका तर्फबाट वार्ताको चरणवद्ध छलफलका विषयहरु, समान पेन्सन तथा क्षतिपूर्ति माग गर्नुको पृष्ठभूमि र कारणहरु प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
गोरखा भूतपूर्व सैनिकहरु बेलायती समकक्षीसरह पेन्सनको माग गर्दै लामो समयदेखि आन्दोलित छन् र उनीहरुले दुई सरकारबीच वार्ता हुनुपर्ने माग गर्दै अनसन पनि बसेका थिए । लामो समयको माग पछि यही नोभेम्बर ३ मा पहिलो वार्ता शुरु भएको थियो । त्यसको तीन साता नबित्दै वार्ताको अर्को मिति तोकिनुले केही सकारात्मक आशा गर्न सकिन्छ कि भन्ने प्रश्नमा गुरुङले भन्नुभयो, “बेलायत सरकारको गोरखाहरुलाई समान पेन्सन तथा क्षतिपूर्ति दिने विचार देखिँदैन । अहिले अलिकति वार्ताको ढोका खुलेको छ । त्यसलाई ठेलेको ठेलेकै गरेर दबाब दिने हो भने असम्भव पनि केही छैन ।”
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक