
लण्डन । प्रवासी नेपाली मंच बेलायतले नेपालमा हुन गइरहेको आमचुनावमा नेकपा एमालेलाई सहयोगस्वरुप करिब २५ लाख रुपियाँ पठाएको छ ।
मञ्चको आइतबार सम्पन्न भर्चुअल बैठकमा मञ्चका कार्यबाहक अध्यक्ष सुरेशजंग शाहले सो जानकारी दिएका हुन् ।
प्रवासी नेपालीहरुका धेरै सवालहरुमा नेकपा एमालेले सहयोग गरेको र एमालेको विजयबाट प्रवासी नेपालीहरुको धेरै मुद्दाहरु समाधान हुने भएकाले सो सहयोग गरिएको मञ्चले बताएको छ ।
मञ्चले करिब दुई महिना लगाएर सो सहयोग अभियान सम्पन्न गरेको थियो ।
बैठकमा हालै काठमाडौँमा सम्पन्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको सहसचिवमा निर्वाचित कर्णबहादुर शाही, सदस्यहरु राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया, सरस्वती केसी र कल्पना त्रिपाठीलाई बधाई दिइएको थियो । साथै सो सम्मेलन सफलताका साथ सम्पन्न गरेकोको निवर्तमान अध्यक्ष भक्त गुरुङलाई धन्यवाद दिइएको थियो ।
बैठकले निर्वाचनमा एमालेलाई जिताउन केदार थपलियाको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम