
लन्डन। नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको वार्षिक साधारणसभा आगामी जनवरी १५ तारिख आइतबार हुने भएको छ ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यसमिति बैठकले सो दिन अल्डरसटमा साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा संयोजनको जिम्मा उपाध्यक्ष प्रमिला लाबुङ राईलाई प्रदान गरेको छ।
साधारणसभामा शाखाका प्रगति एवम् आर्थिक प्रतिवेदनका साथै अन्य विविध एजेण्डाहरुमा छलफल एवम् समीक्षा गरिनेछ। बैठकले एफएनजे यूकेले बेलायतस्थित नेपाली समुदायको सरोकारका विविध विषयहरुमा बहस एवम् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पाक्षिक रुपमा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कार्यक्रमको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारले गर्ने भएका छन्।
शाखाले विगतमा सञ्चालन गरेका स्वास्थ्यसन्बन्धि चेतनामूलक कार्यक्रम स्थानीय समुदायलाई उपयोगी भएको निष्कर्षसहित अब अन्य विषयमा पनि सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागितामा कार्यक्रम गर्ने योजना बनाएको हो।
बैठकमा शाखाका सदस्यहरुको सीप तथा क्षमता अभिवृद्धि गर्नका साथै एफएनजे केन्द्रसँगको समन्वय र सहकार्य बढाउने कार्यक्रमहरु पनि आयोजना गर्नेबारे छलफल भएको थियो ।
शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा भएको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लाबुङ राई, सचिव मञ्जु भण्डारी, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ र सदस्यहरु गोमा राना, बाचस्पति रेग्मी, मिलन तमुसहित कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो।

बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ