
लण्डन । बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न बैँक अफ इङल्याण्डले पुन: ब्याजदर बढाएको छ ।
बैँकको मौद्रिक नीति समितिले यसअघि २.२५ प्रतिशतमा रहेको आधारभूत ब्याजदरलाई बढाउँदै विहीबार ३ प्रतिशत पुर्याएको छ । यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी यताकै सबैभन्दा उच्च ब्याजदर हो ।
यसका साथै बैँकले आगामी दिनमा ब्याजदर अझ बढ्ने पनि बताएको छ भने बेलायत यस शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दीमा प्रवेश गरिसकेको पनि खुलासा गरेको छ ।
बैँकका अनुसार बेलायतको अर्थतन्त्र ओराली लाग्न शुरु गरिसकेको र सन् २०२४ को मध्यबाट मात्र आर्थिक मन्दीबाट बाहिर आउन सक्ने छ । यसअघि सन् २०२३ को अन्त्यमै आर्थिक मन्दी सकिने बैँकको प्रक्षेपण रहेको थियो ।
नयाँ ब्याजदर सँगै अब स्ट्याण्डर्ड भेरियबल ब्याजदरमा रहेकाहरुले मोर्गेजवापत मासिक करिब ५० पाउण्ड थप किस्ता पर्नेछ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ