
काठमाडौं । गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको पुरस्कार, सम्मान तथा सहयोग हस्तान्तरण गरिएको छ ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गोर्खा मिडियाका सहसम्पादक ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) प्रवक्ता प्रकाश गुरुङले मिडियाका तर्फबाट तामाङ मौलिक गीत, संगीतमा उदीयमान गायिका अन्जु लामा थोकरलाई पुरस्कार, भिडियो सम्पादक सागर तामाङलाई सम्मान र कलाकार दिनेशकुमार तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् । सिन्धुलीकी गायिका लामा, काभ्रेपलाञ्चोकका भिडियो सम्पादक तामाङ र नुवाकोटका कलाकार तामाङले जनही १० हजार नगद राशीको पुरस्कार तथा सम्मान पाएका हुन् ।
सिन्धुलीको दुर्गम गाउँ सुनकोसी गाउँपालिका-७ नागीमा २०५१ सालमा जन्मिएका गायिका लामा करिब एक दशकदेखि तामाङ तथा सेलो गायनमा सक्रिय छिन् । उनले ‘हिमालको चौंरी’, ‘मुनाल जोडी’, ‘जात्रा च्याला’, ‘आनीको छोरी’, ‘एला माया’, ‘तिम्रो माया’, शैक्षिक चेतनामूलक गीत, आधुनिक, काँठ क्षेत्रमा प्रचलित लोक तथा दोहोरीलगायत दर्जनौं गीत गाइसकेकी छन् । उनी मोडलिङसमेत गर्छिन् ।
उक्त पुरस्कार गत सेप्टेम्बरमा गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको थियो । दुई कलाकार र दुई कर्मचारीलाई पुरस्कार र एक जनालाई सहयोग घोषणा भएकोमा कलाकारतर्फ तनहुँका लोकगायक कृष्ण थापामगरलाई पुरस्कार हस्तान्तरण बाँकी छ । कर्मचारीतर्फ गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङलाई भने २५ सेप्टेम्बरकै दिन प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल र गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सहसम्पादक गुरुङले पुरस्कृत गायिका अञ्जु लामाको कलाकारितामा निरन्तरता, सागर तामाङको थप उन्नति र दिनेशकुमार तामाङको स्वास्थ्यलाभसहित सांगीतिक बाटोमा अघि बढ्न शुभकामना दिए । उनले आफूहरु विदेशमा रहे पनि नेपाल र नेपालीको हितमा सधैं लागिरहने बताए ।
पुरस्कृत गायिका लामाले आफूलाई योग्य ठानेर पुरस्कार प्रदान गरेको भन्दै गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सहसम्पादक प्रकाश गुरुङलगायत सम्पूर्ण टीमप्रति आभार भन्दै धन्यवाद दिइन् । उनले गोर्खा मिडियाको पुरस्कार र अन्य पुरस्कार तथा सम्मानका कारण आफू कलाकारितामा लागिरहन उत्प्रेरणा मिलरहेको बताइन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक