
काठमाडौं । गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको पुरस्कार, सम्मान तथा सहयोग हस्तान्तरण गरिएको छ ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गोर्खा मिडियाका सहसम्पादक ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) प्रवक्ता प्रकाश गुरुङले मिडियाका तर्फबाट तामाङ मौलिक गीत, संगीतमा उदीयमान गायिका अन्जु लामा थोकरलाई पुरस्कार, भिडियो सम्पादक सागर तामाङलाई सम्मान र कलाकार दिनेशकुमार तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् । सिन्धुलीकी गायिका लामा, काभ्रेपलाञ्चोकका भिडियो सम्पादक तामाङ र नुवाकोटका कलाकार तामाङले जनही १० हजार नगद राशीको पुरस्कार तथा सम्मान पाएका हुन् ।
सिन्धुलीको दुर्गम गाउँ सुनकोसी गाउँपालिका-७ नागीमा २०५१ सालमा जन्मिएका गायिका लामा करिब एक दशकदेखि तामाङ तथा सेलो गायनमा सक्रिय छिन् । उनले ‘हिमालको चौंरी’, ‘मुनाल जोडी’, ‘जात्रा च्याला’, ‘आनीको छोरी’, ‘एला माया’, ‘तिम्रो माया’, शैक्षिक चेतनामूलक गीत, आधुनिक, काँठ क्षेत्रमा प्रचलित लोक तथा दोहोरीलगायत दर्जनौं गीत गाइसकेकी छन् । उनी मोडलिङसमेत गर्छिन् ।
उक्त पुरस्कार गत सेप्टेम्बरमा गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको थियो । दुई कलाकार र दुई कर्मचारीलाई पुरस्कार र एक जनालाई सहयोग घोषणा भएकोमा कलाकारतर्फ तनहुँका लोकगायक कृष्ण थापामगरलाई पुरस्कार हस्तान्तरण बाँकी छ । कर्मचारीतर्फ गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङलाई भने २५ सेप्टेम्बरकै दिन प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल र गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सहसम्पादक गुरुङले पुरस्कृत गायिका अञ्जु लामाको कलाकारितामा निरन्तरता, सागर तामाङको थप उन्नति र दिनेशकुमार तामाङको स्वास्थ्यलाभसहित सांगीतिक बाटोमा अघि बढ्न शुभकामना दिए । उनले आफूहरु विदेशमा रहे पनि नेपाल र नेपालीको हितमा सधैं लागिरहने बताए ।
पुरस्कृत गायिका लामाले आफूलाई योग्य ठानेर पुरस्कार प्रदान गरेको भन्दै गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सहसम्पादक प्रकाश गुरुङलगायत सम्पूर्ण टीमप्रति आभार भन्दै धन्यवाद दिइन् । उनले गोर्खा मिडियाको पुरस्कार र अन्य पुरस्कार तथा सम्मानका कारण आफू कलाकारितामा लागिरहन उत्प्रेरणा मिलरहेको बताइन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ