लण्डन । नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गर्नुभएको छ ।
हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्ध सङग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कविता सङग्रह), भिसागर्ल (कथा सङग्रह) र प्रतिबिम्ब (गजल सङग्रह) गरी एकै पटक पाँच कृति सार्वजनिक भएको थियो । वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलगायतका विशिष्ट व्यक्तिहरुबाट ती कृतिहरुको एकसाथ विमोचन भएको थियो ।
ती कृतिहरुको बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानव सेवा आश्रमलाई दिने घोषणा कैनीले गर्नुभएको छ ।
उहाँले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरिसक्नुभएको छ । केन्द्रीय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडक आश्रित) मानवहरुहरुको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताउनुभयो ।
डा कैनीले आफ्नो सानो कार्यले आश्रमलाई सानो भए पनि सहयोग पुग्ने आशा गरेका छन् । उहाँले भन्नुभयो, “मेरा यी पाँच वटै कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु ।” उहाँले आश्रमको सेवालाई यसले थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।
मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ ।
आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ