
लण्डन । घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सुविधा सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा दिनका लागि एप्स ल्याइएको संचालकहरुले बताएका छन् ।
घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्देश्यले एप्स ल्याइएको सिधाफोनका संचालक एस के गुरुङले बताए । सिधा फोनको एप्सबाट नै मासिक, अर्धवार्षिक र वार्षिक प्याकेजहरु लिन सकिने सुविधा रहेको बताउँदै गुरुङले घर मर्मतको सबै सेवा एकै ठाउँबाट सजिलोसँग दिन सीधाफोनको एप्स पोखरामा सुरु भएको बताए । यसका साथै विदेशमा बस्ने नेपालीहरुले बिना झन्झट विदेशबाट नै नेपालमा रहेको आफ्नो घरलाई चाहिने आवश्यक सेवाहरु लिन सक्ने बताएको छ । एप्सको वेभसाइट www.sidhafone.com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने गुरुङले बताए ।
पोखराका युवा व्यवसायीहरू एस के गुरुङ, प्रमिला थापा, मनोज गुरुङको संयुक्त लगानीमा सो एप्स संचालनमा ल्याइएको हो । हालसम्म कम्पनीसंग ६५ जना कर्मचारी आवद्ध रहेको र कम्पनीले छिट्टै नै कर्मचारी थप गरी टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको गुरुङले जानकारी दिए ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ