
लण्डन । घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सुविधा सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा दिनका लागि एप्स ल्याइएको संचालकहरुले बताएका छन् ।
घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्देश्यले एप्स ल्याइएको सिधाफोनका संचालक एस के गुरुङले बताए । सिधा फोनको एप्सबाट नै मासिक, अर्धवार्षिक र वार्षिक प्याकेजहरु लिन सकिने सुविधा रहेको बताउँदै गुरुङले घर मर्मतको सबै सेवा एकै ठाउँबाट सजिलोसँग दिन सीधाफोनको एप्स पोखरामा सुरु भएको बताए । यसका साथै विदेशमा बस्ने नेपालीहरुले बिना झन्झट विदेशबाट नै नेपालमा रहेको आफ्नो घरलाई चाहिने आवश्यक सेवाहरु लिन सक्ने बताएको छ । एप्सको वेभसाइट www.sidhafone.com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने गुरुङले बताए ।
पोखराका युवा व्यवसायीहरू एस के गुरुङ, प्रमिला थापा, मनोज गुरुङको संयुक्त लगानीमा सो एप्स संचालनमा ल्याइएको हो । हालसम्म कम्पनीसंग ६५ जना कर्मचारी आवद्ध रहेको र कम्पनीले छिट्टै नै कर्मचारी थप गरी टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको गुरुङले जानकारी दिए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान