
लण्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो सम्बोधनमै आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीहरूको आलोचना गरेका छन् ।
उनले निवर्तमान प्रधानमन्त्री लिज ट्रसको आर्थिक वृद्धि गर्ने नीति गलत नभएको बताउँदै तर सो क्रममा केही त्रुटी भएको बताए । तर ती गल्तीहरू नियतवश नभएको पनि उनले थपे । ‘तर गल्ती भनेको गल्ती हो, त्यसलाई सच्याउन म कञ्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री बनेको हुँ । त्यसलाई अहिल्यैदेखि सच्याउन लाग्नेछु’, उनले भने ।
ट्रससित यसअघि कञ्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा पनि उनले ट्रससित आर्थिक नीतिमा असहमति राखेका थिए ।
सुनकले त्यसअघिका प्रधानमन्त्री बोरिस जोन्सन (जसले उनलाई अर्थ मन्त्रीमा ब्रेक दिएका थिए) को पनि आलोचना गर्न बाँकी राखेनन् । जोन्सनले आइतबार जारी गरेको बक्तब्य तथा हरेक सम्बोधनमा सन् २०१९ मा आफूले पार्टीलाई प्रचुर बहुमत दिलाएको दाबी गर्ने गरेकोमा सुनकले भने, ‘सन् २०१९ को चुनावमा कञ्जरभेटिभ पार्टीले पाएको बहुमत कुनै एक व्यक्तिका लागि थिएन । खासमा त्यो हाम्रो घोषणा पत्रका लागि थियो । म त्यसै घोषणापत्र अनुसार अघि बढ्नेछु ।’
सुनकले बेलायत अहिले गम्भीर आर्थिक संकटमा रहेको र आफ्नो कार्य आर्थिक स्थिरता र विश्वास काम गर्नमा केन्द्रीत हुने बताए । यसका लागि केही अफ्ठ्यारा निर्णयहरु गर्नुपर्ने तर्फ पनि उनले सचेत गराए ।
आफ्नो सरकार इमानदारिता, व्यावसायिकता र पारदर्शिताका आधारमा संचालन हुने पनि उनले बताए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान