
लन्डन । बेलायतका चर्चित फोटो पत्रकार तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु तमुधिं यूकेबाट वार्षिक रुपमा प्रदान गरिने ‘आदर्श तमु २०२२’ अवार्डबाट सम्मानित भएका छन् ।
तमुधिं यूकेको शनिबार अल्डरसटमा आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमुख अतिथि नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले तमु र उनकी श्रीमती बिमला तमुलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
सम्मानित तमु तमुधिं यूकेको आजीवन सदस्य हुन् ।
पूर्व गोर्खा सैनिक तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् । उनले दुई वर्षदेखि गोर्खा मिडिया डटकम अनलाइन सञ्चालन गरिरहेका छन् ।
पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यसमिति सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके)को सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सल्लाहकारलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।
तमु आदर्श अवार्डबाट सम्मानित हुनेअरुमा तमुधिं यूकेका सल्लाहकार मेजर कृष्णबहादुर गुरुङ, तमुधिँ युकेका पूर्व खेलकुद सचिव तथा क्वोंने (घोताने÷घोण्डे) तमु (गुरुङ) समाज यूकेका अध्यक्ष क्या. पिताम्बर गुरुङ, तमुधिँ युकेका सल्लाहकार तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ र सहारा यूकेकी ’फस्ट लेडी’ पन्च गुरुङ छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान