
लन्डन । बेलायतका चर्चित फोटो पत्रकार तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु तमुधिं यूकेबाट वार्षिक रुपमा प्रदान गरिने ‘आदर्श तमु २०२२’ अवार्डबाट सम्मानित भएका छन् ।
तमुधिं यूकेको शनिबार अल्डरसटमा आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमुख अतिथि नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले तमु र उनकी श्रीमती बिमला तमुलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
सम्मानित तमु तमुधिं यूकेको आजीवन सदस्य हुन् ।
पूर्व गोर्खा सैनिक तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् । उनले दुई वर्षदेखि गोर्खा मिडिया डटकम अनलाइन सञ्चालन गरिरहेका छन् ।
पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यसमिति सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके)को सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सल्लाहकारलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।
तमु आदर्श अवार्डबाट सम्मानित हुनेअरुमा तमुधिं यूकेका सल्लाहकार मेजर कृष्णबहादुर गुरुङ, तमुधिँ युकेका पूर्व खेलकुद सचिव तथा क्वोंने (घोताने÷घोण्डे) तमु (गुरुङ) समाज यूकेका अध्यक्ष क्या. पिताम्बर गुरुङ, तमुधिँ युकेका सल्लाहकार तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ र सहारा यूकेकी ’फस्ट लेडी’ पन्च गुरुङ छन् ।

बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ