
लण्डन । बेलायती प्रधानमन्त्रीको दौडमा पूर्व अर्थ मन्त्री ऋषि सुनक र वर्तमान सरकारमै रहेकी मन्त्री पेन्नी मोर्डन्ट औपचारिक रुपमा उत्रिएका छन् ।
मोर्डन्टले दुई दिनअघि नै औपचारिक अभियान शुरु गरिसकेकी छिन् भने हालसम्म धेरै सांसदहरुको समर्थन पाएका पूर्व अर्थमन्त्री सुनकले पनि आइतबार औपचारिक रुपमा भावी प्रधानमन्त्रीको आकांक्षा व्यक्त गरेका छन् ।
उता भावी प्रधानमन्त्रीको दौडमा सामेल हुन विदा छोट्याएर बेलायत फर्किएका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले भने हालसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् । तथापि उनका समर्थकहरुले भने जोन्सन पनि भावी प्रधानमन्त्रीको दौडमा रहेको बताइरहेका छन् ।
कन्जरभेटिभ पार्टीको १९२२ समितिले नयाँ नेता चयन गर्ने गर्छ र नयाँ नेताका लागि उम्मेदवारी मनोनयन गर्न कम्तीमा १०० सांसदको समर्थन चाहिन्छ । सुनकका पक्षमा हालसम्म १३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् भने जोन्सनका पक्षमा ५६ र मोर्डन्टको पक्षमा २३ सांसदले हालसम्म समर्थन व्यक्त गरेका छन् ।
३५७ सांसद रहेको कन्जरभेटिभ पार्टीभित्र अझै धेरै सांसदहरुले कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् तर सुनकले सार्वजनिक रुपमा वर्तमान समस्या समाधान गर्न र पार्टीलाई एकजुट बनाउन आफू नेताको उम्मेदवार हुने बताएपछि उनको पक्षमा थप सांसदहरुले समर्थन जताउने आशा गरिएको छ ।
उता सुनक र जोन्सनबीच शनिबार भेट भएको समाचार पनि बाहिर आएको छ तर सो भेटमा केही सहमति नभएको बताइएको छ । सो भेटमा केही सहमति बनिहाल्ने हो कि भनेर पनि केही सांसदहरुले आफ्नो रोजाइ प्रष्ट पारेका थिएनन् ।
प्रधानमन्त्री रहेकी कञ्जरभेटिभ पार्टीका नेता लिज ट्रसले शुक्रबार राजिनामा दिएपछि नयाँ नेताका लागि सोमबार मनोनयनको कार्यतालिका राखिएको छ । भोलि दिउँसो २ बजेसम्ममा कस कसले मनोनयन गर्न सक्छन् त्यसबाट आगामी प्रधानमन्त्रीको अड्कल काट्न सजिलो हुनेछ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान