
लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले नेपालीहरुको प्रमुख चाड दशैं, तिहार, छठ र नेपाल संम्वतको अवसरमा शुभकामना साँझ सम्पन्न गरेको छ ।
सोमबार लण्डनको ह्यारोमा आयोजित शुभकामना साँझमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना प्रमुख अतिथिका रुपमा सरिक भएका थिए । उनले बेलायतजस्ता विकसित मुलुकबाट नेपाली समुदायले सभ्यता, मूल्य मान्यता र मानवीय कार्य सिकेर नेपालमा लैजानु पर्नेमा जोड दिए ।
पहिलो पटक बेलायत भ्रमणमा आएका तिमल्सिनाले गैरआवासीय नेपालीहरुलाई बेलायतबाट सुशासन, विकास र समृद्धिका उपायहरु स्वदेश लैजान आग्रह गरे । तिमल्सिनाले नागरिकता विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित गरी गैर आवासीय नेपाली नागरिकताको व्यवस्था हुने आश्वासन पनि दिए ।
ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमल्सिनाले उमेर छँदै नेपालमा फर्किन सहभागीलाई आग्रह गरे । ‘म २१ वर्ष युरोप बसेर अन्त्यमा नेपाल नै फर्केको हुँ तपाईहरु पनि उमेर छँदै जन्मभूङ्गि फर्किनुहोस्’, उनले भने ।
लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले ओएनएफ यूकेले मानवीय कार्यको लागि च्यारिटी जस्ता कार्यक्रमलाई प्राथमिकता दिएकोमा प्रशंसा गरिन् ।
ओएनएफ अध्यक्ष भुसालले प्रवासी नेपाली समुदायभित्र विकास भएको नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिसँग जोड्दै नेपालीपन विकास गर्नु पर्ने दिशामा अघि बढ्नु पर्ने बेला आएको धारणा राखे । उनले डास्पोरामा फरक मत खोज्नुभन्दा पनि सबै संघ सस्था बीचमा न्यूनतम सहमति हुन सक्ने विषयहरु खोजेर अघि बढनु पर्ने बताए ।
एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले ओएनएफ यूकेले च्यारिटीजस्ता मानवीय कार्य गरेकोमा धन्यवाद दिए ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले बेलायतदेखि नेपालसम्मका मानवीय कार्यमा ओएनएफले गरेको काम प्रसंशनीय भएको बताए ।
कार्यक्रम संयोजक ओएनएफ यूके पूर्व अध्यक्ष रामशरण सिम्खडाले ओएनएफ यूकेले अप्ठेरोमा आर्थिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।
शुभकामना साँझमा गायक सपनकुमार राई र गायिका निरुशा भट्टराईको गायन तथा प्रसुना कंडेल, प्रतिभा अधिकारी, बिनु लामिछाने, सुरक्षा पंगेनी लगायतका कलाकारका नृत्य प्रस्तुत गरिएको थियो। उक्त शुभकामना साँझमा सहभागीहरुले विभिन्न नाचगान प्रस्तुत गरेका थिए । संयोजक सिंखडाले तयार गरेको संस्थाको गतिविधि समेटिएको ‘डकुमेन्ट्री’ समेत देखाइएको थियो ।
च्यारिटी साँझबाट संकलन भएको रकम चाडै सार्वजनिक गर्ने ओएनएफले जनाएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ