
लण्डन । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो टासी छिरिङ्ग लण्डन आइपुगेका छन् ।
उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमन्त्रणामा सोमबार १७ अक्टोबरका दिउँसो बेलायत आएका हुन् ।
बीसीसी युके अध्यक्ष धर्म तामाङ्ग, महासचिव क्याप्टेन देव घले, बीसीसी युके आमा सहकोषाध्यक्ष तुल्सी घले उनको स्वागतार्थ हिथ्रो एयरपोर्ट पुगेका थिए । त्यस्तै, बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो केल्जङ्ग दोर्जी, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङ, बीसीसी युके आमा सहकोषाध्यक्ष तुल्सी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत गुम्बा परिवारले खादा लगाई अल्डरसटस्थित गुम्बामा स्वागत गरेका थिए ।
बौद्ध कला, संस्कार र शिक्षाबारे अध्यापन गराउँदै आएका खेन्पो टासीले बेलायत बसाईको क्रममा बौद्ध दर्शन, बौद्ध परम्परामा आधारित धार्मिक पुजापाठलगायत विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको बीसीसी युकेले जनाएको छ ।
यसअघि सन् २०१८ सालमा पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका खेन्पो गुरुलाई भने औपचारिक रुपमा कार्यसमितिले आउने आइतबार गुम्बामा स्वागत गर्ने कार्यक्रम तय भएको बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले जानकारी दिएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान